Comments Add Comment

विकासमा राजनीति नगरौंः मन्त्री शर्मा

Rekha-Sharma

  • रेखा शर्मा, मन्त्री, सामान्य प्रशासन । तस्वीर सौजन्य: केशरमान बीसी

३ चैत, घोराही । सामान्य प्रशासन मन्त्री रेखा शर्माले विकासमा होइन विचारमा राजनीति गर्न सबैलाई आग्रह गरेकी छन् । राजनीतिक खिचातानीले विकास निर्माणको कामलाई प्रभावित पार्न नहुने उनको धारणा छ ।

‘अब विकासमा होइन, विचारमा राजनीति गरौं, चुनावमा राजनीति गरौं,’ बुधबार बिहान दाङमा पहिलो पेज अनलाइन उदघाटन कार्यक्रममा मन्त्री शर्माले भनिन् ।

उनले विकास आयोजनाको सर्वदलीय नियमन आवश्यक रहेको बताइन् ।

प्रदेश नम्बर पाँचको राजधानी दाङ नै

मन्त्री शर्माले प्रदेश नम्बर पाँचको राजधानी दाङलाई नै बनाउन सबै दाङबासीलाई आह्वान गरिन् । दाङलाई राजधानी बनाउने मुद्दा मञ्चबाट फलाक्दैमा पुरा नहुने भन्दै उनले जिल्लाको विकासमा दाङबासीले प्रदर्शन गरेको एकतालाई अब प्रदेश नम्बर पाँचको राजधानी बनाउन पनि प्रदर्शन गर्नुपर्ने धारणा राखिन् ।

दाङ धेरै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको स्मरण गर्दै मन्त्री शर्माले क्षेत्रीयतावादी मानसिकता त्याग्न नसके दाङले सबै सम्भावना गुमाउने चेतावनी दिइन् ।

दाङको कुन ठाउँलाई औद्योगिक क्षेत्र र कुन ठाउँलाई कृषि पकड क्षेत्र बनाउने भनेर निर्क्यौल गर्न जिल्लाबासीलाई आग्रह गर्दै उनले जिल्लाको सुझावअनुसार केन्द्रमा आफूले पहल गर्ने आश्वासन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment