Comments Add Comment

फ्रेस फेस: ‘नाई नभन्नु ल ४’ नायिका भन्छिन्-‘आफू खराब भए अरुले खराबै व्यवहार गर्छन्'(भिडियो)

aanchal Sharma_4
चलचित्र क्षेत्रमा पाइला राख्दै गर्दा आँचल दवाडीले थर परिवर्तन गरेर शर्मा राखिन् । धेरै कलाकारले नाम परिवर्तन गर्छन्, तर आँचल थर परिवर्तन गर्न अग्रसर भइन् ।

अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा रहेर कुरा गर्दै गर्दा आँचलले भनिन्-‘दवाडी भन्दा शर्मा सुन्दा राम्रो लाग्यो । फेरि थर परिवर्तन गर्नेहरु सुपरस्टार बनेको पनि मैले सुनेकी छु ।’

उसो भए के आँचललाई सुपरस्टार बन्ने भोक लागिसक्यो त, भनिन्-‘कोही पनि मानिस यो क्षेत्रमा आउँदा म अगाडि जान नै सक्दिन भनेर आउँदैन । मेरो अभिनयलाई सबैले राम्रो भनुन् । सबैले चिनुन्, म कसैको आइडियल बनुँ भनेर आएकी हुँ ।’

आँचलसँग गरिएको भिडियो कुराकानी यहाा हेर्न सक्नुहुनेछ:

उनलाई लाग्छ, कोही पनि कलाकार सुपरस्टार बन्नका लागि उसमा आत्मविश्वास हुन जरुरी छ । आफूभित्र आत्मविश्वास भएको बताउने आँचल भन्छिन्-‘कोही यहाँ एउटा मात्र चलचित्र गर्छु भनेर आएका होलान् । तर, मलाई यही क्षेत्रमा लाग्नु छ र आफैसँग यो क्षेत्रको पनि परिवर्तन गर्नुछ ।’aanchal Sharma_2
चलचित्र क्षेत्रमा आउने सपना त उनको पुरानै हो । जतिबेला उनी टीभीमा बलिउडका नायिकाहरु मादुरी दिक्षित, दीपिका पादुकोणको नृत्य हेर्दै आफू पनि नाच्थिन्, उनीहरु जस्तै बन्ने सपना थियो उनमा । तर, अहिलेको स्थितीमा आइपुग्छु भन्ने उनलाई लागेको थिएन ।

चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली रजतपटमा डेब्यू गरेकी शर्मालाई सुरुमै चुनौती छ । यो चलचित्रमा अन्य २ नायिका पनि भएकाले उनी छायाँमा पर्छिन् कि भन्ने चर्चा पनि हुने गरेको छ । aanchal Sharma_3

तर, आँचल भने आफूहरुले काम गर्दा कुनै डाहा र झगडा नभएको बताउँछिन् । उनका अनुसार, प्रियंका कार्की अहिलेकी चलेकी नायिका भएकाले उनीबाट धेरै कुरा सिक्न पाएकी छिन् । अर्की नायिका बर्षा राउतसँग पनि मिलेर काम गरेकाले डाहा नहुने उनको भनाई छ ।

यसपटक ‘नाई नभन्नु ल ४’ मा के छ त भन्ने प्रश्नमा उनले भनिन्-‘यसपटक चलचित्रमा हामी छौ । पल, बषर्ा र म नयाँ कलाकार हौ । यसैले हामी जस्ता नयाँ कलाकारलाई साथ दिन पनि दर्शक आउनुहुन्छ भन्ने लागेको छ ।’

उनले चलचित्र क्षेत्रका बारेमा जुन कुरा सुनेकी थिइन्, त्यो पाइनन् । चलचित्रमा काम गर्ने मानिसहरु एकदमै सहयोगी भएको उनको वुझाई छ । उनलाई लाग्छ, यदि आफू खराब नहुने हो भने अरु मानिस पनि खराब हुँदैनन् । उनले भनिन्-‘म खराब छु भनेर अरु पनि खराब बन्छन् । आफूले कसैलाई सम्मान गर्दा अरुले पनि सम्मान नै गर्नेछन् ।’aanchal Sharma_1
आँचललाई आफू भित्र आत्मविश्वास, इच्छा र सपना, क्षमता, सुन्दरता र सक्षमता भएको भन्दै आफूले यो क्षेत्रमा आएर धेरै कुरा सिकेको बताइन् । दर्शकले आफूलाई एउटा राम्रो कलाकार भनेर चिनुन् भन्ने चाहना यी सुन्दरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment