Comments Add Comment

एउटै समयमा दुईतिर जागिर खाने तीनजना शिक्षक बर्खास्त

८ चैत, झापा । एउटै समयमा दुईतिर जागिर खाने झापाका तीनजना शिक्षकलाई बर्खास्त गरिएको छ ।

School-Studentsभद्रपुर उच्चमाध्यमिक विद्यालय र महेशपुरको अरनिको उच्चमाविमा कार्यरत शिक्षकको नियुक्ति बदर गर्दै तीनजना शिक्षकलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए ।

जागिरबाट बर्खास्त भएका शिक्षकमा भद्रपुर उच्चमाविका सागर दाहाल, चैतन्यप्रसाद खरेल र अरनिको उच्चमाविका सिर्जना शर्मा रहेका छन् । उनीहरुले एउटै समयमा दुईतिर हाजिरी गरेर काम गरेको छानबिनका क्रममा फेला परेको पाइएपछि उनीहरुलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए ।

झापामा ६२ वटा उच्चमावि रहेका छन् । ती उच्चमावि शिक्षक अनुदान कोटाअन्तर्गत १२४ जना शिक्षक नियुक्त शिक्षकमध्ये तीनजना शिक्षकले एकै समयमा दुईतिर हाजिर गरेर काम गरेको पाइएपछि उनीहरुलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी लुइँटेलले बताए ।

झापामा उमाविको शिक्षक नियुक्तिमा अनियमितता भएको सूचनाका आधारमा जिशिअ लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले ती उमाविका कागजपत्र नियन्त्रणमा लिई छानबिन गरिएको थियो ।

नियुक्ति पाएको मितिबाटै उनीहरु अन्यत्र कार्यरत रहेको पाइएको र दुईतिरै हाजिर भेटिएको शिक्षा कार्यालयले जनाएको छ । खरेल तीन÷चार वर्षदेखि भद्रपुरको एमरल्ड एकाडेमीमा समेत कार्यरत छन् । दाहाल भने अरू नै संस्थामा कार्यरत रहेको जनाइएको छ । अरनिको उनी बिर्तामोडस्थित बुद्ध स्मृति बोर्डिङ स्कूलमा कार्यरत रहेको समेत पाइएको छ ।

ती उच्चमाविले उनीहरुलाई नियुक्त गरेर औपचारिक प्रक्रिया पूरा गरेको देखिए पनि अरूलाई नै काममा लगाउने र तलब खुवाउने नियत देखिएको शिक्षा कार्यालयले जनाएको छ । “तीनैजना शिक्षकलाई नियुक्त भएको मितिबाटै लागू हुनेगरी बर्खास्त गरिएको छ”–जिशिअ लुइँटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment