८ चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।
चिनियाँ संसद भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौतामा विभिन्न तहमा हस्ताक्षर भएको छ ।
नेपाल र चीनले पारवहन सम्झाता रेका छन् । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । नेपाललाई चिनियाँ बन्दरगाहसम्ा पहुँच दिने यो सम्झौतालाई महत्वका साथ हेरिएको छ ।
खुला व्यापार, ग्यास तथा पेट्रोलियम अन्वेषण ट्रेडमार्क दर्ता सम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
यस्तै पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण सम्झौतामा पनि हस्ताक्षर गरेको छ । यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार विमानस्थल निर्माणका लागि चीनले ३१ अर्ब दिनेछ । यसको २५ प्रतिशतमा ब्याज लाग्ने छैन भने बाँकीमा २ प्रतिशत ब्याज लाग्नेछ ।
यस्तै हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता भएको छ । यसमा पनि नेपालका तर्फबाट अर्थमन्त्रीले हस्ताक्षर गरेका छन् ।
चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको गभर्नर चिरन्जिवी नेपाले जानकारी दिए ।
सम्झौता हस्ताक्षर कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयको एसिया भिगाकी सहायक निर्देशक हो यन्सीले यो भ्रमण ऐतिहासिक महत्वको भएको बताइन् ।
यो पनि पढ्नुस्
नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
प्रतिक्रिया 4