Comments Add Comment

काम रोकेर कर्मचारीले लज्जित बनाएः प्रधानन्यायाधीश श्रेष्ठ

Kalyan-Shresth

  • पुनरावेदन अदालत पाटनको नयाँ भवन शिलान्यास गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठ । तस्वीर: रासस

१० चैत, काठमाडौं । प्रोत्साहन भत्ता पाउनु पर्ने माग गर्दै अदालतका कर्मचारीहरुले कामकाज ठप्प पारेर आफूलाई लज्जित बनाएको प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गुनासो गरेका छन् ।

अदालतमा कार्यरत कर्मचारीहरुले ५० प्रतिशत प्रोत्साहन भत्ताको माग गर्दै चैत ७ गते सर्वोच्चसहित देशभरका अदालतको काम केही घण्टा ठप्प पारेका थिए ।

बुधबार पुनरावेदन अदालत पाटनको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीहरुले अदालतको संवेदनशीलतालाई बेवास्ता गरेर काम ठप्प पारेको घटनालाई आफूले लज्जाकोरुपमा लिएको बताए ।

उनले अदालतका कर्मचारी ‘बन्द गर्ने जात’का नभइ अन्त भएका बन्दसमेत ‘खुलाउने जात’का भएको भन्दै अदालत बन्द गर्नुको औचित्य पुष्टि गरेर देखाउन कर्मचारीहरुलाई चुनौति दिए ।

कार्यक्रममा कानूनमन्त्री अग्नीप्रसाद खरेलले पनि कर्मचारीहरुको  माग सम्बोधनका लागि प्रधानन्यायाधीशले अर्थमन्त्रीलाई बोलाएर छलफल गरिरहेका बेला धैर्यता गुमाएर काम ठप्प पार्नु आपत्तिजनक भएको बताए । उनले भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउन कर्मचारीहरुलाई चेतावनी दिए ।

काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सरकारले अदालतका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

३५ करोड ७२ लाखमा अदालनको नयाँ भवन बन्ने

यसैबीच मुद्दाको चापका हिसाबले पुनरावेदन अदालतमध्ये मुलुकको सबैभन्दा ठूलो पुनरावेदन अदालत पाटनले साढे २ वर्षभित्र सात तलाको नयाँ एनेक्स भवन बनाउने भएको छ । पुनरावेदन अदालत पाटनले आफ्नै हाताभित्र भ्याटबाहेक ३५ करोड ७२ लाख ३५ हजार रुपैयाँमा नयाँ एनेक्स भवन बनाउने भएको हो ।

१ हजार ४ सय ३ वर्ग मिटर क्षेत्रफलमा बन्ने भवनको सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बुधबार शिलान्यास गरे । आगामी ०७५ सालको असोज १ गतेसम्म भवन बनाइसक्ने गरी युनाइटेड विल्डरर्सलाई भवन निर्माणको जिम्मा दिइएको पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश डा. आनन्दमोन भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment