Comments Add Comment

विश्वका महान नेताको सूचीमा केजरीवाल पनि, मोदी भने परेनन्

arvind_kejriwal

१२ चैत, काठमाडौं । फच्र्यूनले विश्वका ५० ग्रेटेस्ट अर्थात महान नेताको सूची जारी गरेको छ ।

यो सूचीमा जर्मन चान्सलर एन्गेला मर्केलदेखि आङ सान सुकी पनि छन् । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने परेनन् ।

यो सूचीको शीर्ष स्थानमा अमेजानका कार्यकारी अध्यक्ष जेफ बेजोस् छन् । अघिल्लो वर्ष २७ औं नम्बरमा रहेका उनी यो पटक पहिलो बनेका छन् ।

यो वर्ष महान नेताको सूचीमा जर्मन चान्सलर एन्गेला मर्केललाई दोस्रो स्थान दिइएको छ ।

म्यानमारमा सैन्य शासन अन्त्य गरेर ५० वर्षमा पहिलो पटक नागरिक राष्ट्रपति चयन गर्न महत्वपूर्ण भूमिका खेलेकी आङ सान सुकी तेस्रो स्थानमा छिन् ।

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक केजरीवाल ४२ औं स्थानमा छन् । मफलर बेरेको केजरीवालको तस्वीर फच्र्यूनलेले प्रयोग गरेको छ । भारतीय प्रधानमन्त्री मोदी अघिल्लो वर्ष पाँचौ नम्बरमा थिए । तर, यो पटक ५० मै पर्न सकेनन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना १० औं नम्बरमा परेकी छन् भने भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे ५० औं नम्बरमा परेका छन् ।

अघिल्लो वर्ष शीर्ष स्थानमा रहेका एप्पलका सीईओ टिम कुक पाँचौ स्थानमा झरेका छन् । अघिल्लो वर्ष तेस्रो स्थानमा रहेका चीनका राष्ट्रपति शी जिनपिङ र २५ औं नम्बरमा रहेका फेसबुकमा मालिक मार्क जुकरबर्ग पनि यो पटक सूचीमा अटाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment