+
+

वैद्य माओवादीको बैठक आज, प्रचण्डसँग एकताबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १२ गते ९:१३

१२ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । बैठकमा एकीकृत नेकपा माओवादीसँगको पार्टी एकताका विषयमा छलफल हुनेछ ।

mohan-baidyaपार्टी प्रवक्ता पम्फा भुसालले पार्टी एकताको विषय छिटो टुंगो लगाउने विषयमा छलफल केन्दि्रत हुने जानकारी दिइन् । उनका अनुसार बैठक राज्यसमितिको कार्यालय कुपण्डोलमा बिहान ११ बजे बोलाइएको छ ।

बैठकको सुरुमा पार्टी अध्यक्ष मोहन वैद्यले पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी गराउनेछन् । त्यसपछि केन्द्रीय सदस्यहरुबीच छलफल चलाउने र एकताको विषय टुंगो लगाउने प्रवक्ता भुसालले बताइन् ।

पार्टी एकताको विषयमा एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यबीच पटक-पटक छलफल हुँदै आएको छ ।

बैठकमा अध्यक्ष मोहन वैद्य र पूर्वमहासचिव रामबहादुर थापा बादलका अलग-अलग प्रस्ताव पेस हुने चर्चा छ । प्रस्तावहरु अलग भए पनि दुबैको जोड एमाओवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।

यसअघि एमाओवादीसँग एकताको विषयमा वैद्य र बादलबीच विवाद रहेको सार्बजनिक भएपछि बादलले पत्रकार सम्मेलन गरी त्यसको खण्डन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?