Comments Add Comment

नवलपरासीमा सुरक्षित वैदेशिक रोजगार सचेतना अभियान

Nepalese migrant workers arrive at Kathmandu airport१४ चैत, नवलपरासी। ‘सकेसम्म स्वदेशमै रोजगारी गरौँ यदि विदेश जानुपर्ने भए सूचना र परामर्श लिएरमात्र जाऔँ’ भन्ने मूल नाराका साथ नवलपरासीका विभिन्न गाविस तथा नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सडक नाटक देखाउने अभियान चलाइएको छ ।

आप्रवासी कामदार हकहित संरक्षण मञ्चको आयोजना, सुरक्षित आप्रवासन परियोजना (सामी) हेल्भेटासको सहयोग र इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर र हिमालय सामुदायिक विकास मञ्च हिकोडेफ कावासोतीको सहकार्यमा वैदेशिक रोजगारसम्बन्धी सुरक्षित गन्तव्य र सचेतनामूलक सडक नाटक जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको हो ।

नाटकमा वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श केन्द्रबाट सबै प्रकारको जानकारी लिएर नजाँदा पर्ने समस्या तथा सम्भावित दुर्घटनाबारेमा भोजपुरी समुदायलाई लक्षित गरी भोजपुरी भाषामा विस्तृत रुपमा प्रदर्शन गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment