Comments Add Comment

नयाँ बजेटमा सुझाव दिने म्याद बैशाख १५ सम्म

१९ चैत, काठमाडौं । अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको बजेटमा सुझाब दिन बैशाख १५ गतेसम्मको म्याद तोकेको छ ।

Budgetअर्थमन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले बजेटमा सुझाव दिन सर्वसाधारण, नागरिक समाज एवं वुद्धिजीवीहरुलाई समेत आग्रह गरेको छ ।

महाशाखाले सार्वजनिक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०७३/७४ को बजेटमा समावेश गरिनुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेको हो ।

महाशाखाले अहिले बजेट तर्जुमा भइरहेको भन्दै बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रममा सुझाव दिन विभिन्न संघ संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी तथा आम नागरिकमा अनुरोध गरेको छ ।

महाशाखाका अनुसार इमेल वा अन्य माध्यमबाट सुझाव पठाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment