+
+

खोलामा भेटिए ल्यापटप र मोबाइल

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २२ गते १३:३५

२२ चैत, सिरहा । सिरहा नगरपालिका–६ स्थित कमला खोलाको बाँधबाट प्रहरीले गएराति ल्यापटप, मोबाइल, इयरफोनलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एचपी कम्पनीको पाँच थान ल्यापटप, डेल कम्पनीको १० थान ल्यापटप, १० थान आइफाइब मोबाइल, १० थान ओनप्लुस मोबाइल, ९० थान इयरफोन, छ थान ल्यापटपको चार्जर, १० थान र्‍यामसमेत बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बरामद भएका सामान करिब रु ११ लाख ४० हजार ५०० मूल्य बराबरको रहेको र उक्त सामान आवश्यक कारबाहीको लागि आजै जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?