Comments Add Comment

कांग्रेस संसदीय दलको नेतामा देउवा र पौडेलको उम्मेदवारी दर्ता

Sherbahadur-Deuba

२३ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

तत्कालीन संसदीय दलका नेता सुशील कोइरालाको निधन भएपछि हाल कांग्रेसमा सो पद रिक्त छ । नेता चयनका लागि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बुधबार बिहान ११ बजेदेखि निर्वाचन हुँदैछ ।

उम्मेदवारी दर्ताका लागि देउवा र पौडेल दलबलसहित संसदीय दलको कार्यालय सिंहदरबार पुगेका थिए ।

Ramchandra-Paudelदेउवाको प्रस्तावकमा फर्मुल्लाह मन्सुर र समर्थकमा पद्मनारायण चौधरी छन् । यसैगरी नेता पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा महामन्त्री शशांक कोइराला छन् ।

१३ औं महाधिवेशनमा पौडेललाई हराउँदै देउवा पार्टी सभापति पदमा निर्वाचित भएका थिए ।

देउवा र पौडेल दुबैले लोकतन्त्र बलियो बनाउन र कांग्रेसलाई एकढिक्का बनाउन आफूहरुले उम्मेदवारी दर्ता गरेको बताएका छन् ।

नेता पौडेलले पार्टीभित्र जिम्मेवारी बाँडफाँट हुनुपर्ने र त्यसका लागि सभापति देउवाले पहल गर्ने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment