Comments Add Comment

सप्तरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

३० चैत, सप्तरी । आफैंले चलाएको मोटरसाइकल परी सप्तरीमा एक जनाको ज्यान गएको छ ।

अग्निसाइर कृष्णासावरण गाउँपालिका–३ बस्ने चनेश्वर जोशीले चलाइरहेको बा.२६प ६००२ नम्बरको मोटरसाइकल शनिबार बिहान १ बजेर २० मिनेटतिर दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा अग्निसाइर कृष्णसवरण गाँउपालिका वडा नं.२ चाँदनी चौकमा २० बर्षीय जोशीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई उपचारका लागि विराटनगर पुर्‍याइए पनि बिहान ५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment