Comments Add Comment

कांग्रेस सरकारमा गएपछि मात्र स्थानीय चुनावः खांण

balkrishna khad_650

कपिल ज्ञवाली

२८ चैत, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खांडले कांग्रेस सरकारमा गएपछि मात्रै स्थानीय निर्वाचन हुने दाबी गरेका छन् । ठूलो दल प्रतिपक्षमा बसेर अहिलेको सरकारले चुनाव गराउन नसक्ने उनले बताए ।

रुपन्देही क्षेत्र नं. ३ का नवनिर्वाचित क्षेत्रिय समितिको पद हस्तान्तरण कार्यक्रमलाइ फर्साटिकरमा सम्बोधन गर्दै भने, अप्राकृतिक गठबन्धनबाट बनेकोसरकारले राष्ट्रिय हितका ठुला कार्यहरु गर्न सक्दैन ।’

उनले अब देशलाई अगाडी बढाउन राष्ट्रिय सरकार बनाउने बेला आएको बताए । उनले अघि भने, ‘अहिले कांग्रेस, एमाले एमाओवादी र मधेस केन्दि्रत दलहरुको सहमति आवश्यक छ ।’

प्रधानमन्त्री ओली तर्फ लक्षित गर्दै उनले उखान टुक्काले मात्रै देश अगाडी बढ्न नसक्ने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिएका उनले राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment