Comments Add Comment

प्रहरीलाई फापेको वर्ष: ‘म्याच फिक्सिङ’ देखि घैंटे सफायासम्म

Police-pressmeet

रमेश धमला

२९ चैत, काठमाडौं । अपराध नियन्त्रणको जिम्मेवारी बोकेको नेपाल प्रहरीेले भूकम्पपछिको व्यस्तताका बाबजुद यो वर्ष केही उल्लेखनीय सफलता पाएको छ ।

फुटबलमा म्याच फिक्सिङ गर्ने खेलाडीहरुको पर्दाफासदेखि डन कुमार घैंटेको सफायासम्मका घटना प्रहरीले निकै चर्चा कमायो । यस हिसाबले ०७२ साल प्रहरीका लागि सफल वर्षका रुपमा लिन सकिन्छ ।

फन्दामा परे पूर्वडीएसपी

जगदीश चन्द तिनै व्यक्ति हुन्, जसलाई सञ्चार उद्यमी जमिम शाह हत्याकाण्डमा मिलेमतो रहेको आरोप लाग्दै आएको थियो । भारतीय आपराधिक समूहको योजनामा जमिमको हत्या भएको प्रहरीको त्यतिबेलाकै अनुसन्धानबाट खुलेको थियो । सो अपराधिक समूहसँग पूर्वडीएसपी चन्दको पनि सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको थियो ।

६६ साल माघ २४ गते जमिमको हत्यामा संलग्न भएका भारतीय अपराधीसँग चन्दको पटक-पटक सम्पर्क भएको खुलेको थियो । जमिमको हत्याभन्दा अगाडि र हत्यापछि पनि पूर्वडीएसपी चन्दको भारतीय अपराधीसँग सम्पर्क रहेको भेटिएपछि प्रहरीले उनलाई मोष्ट वान्टेड सुचिमा राखेर खोजी गरिरहेको थियो ।

रेडकर्नर नोटिस जारी गरेर पक्राउ सुचीमा परेका चन्द  करिब ६ वर्षसम्म फरार हुन सफल रहे । तर, असार १२ गते महानगरीय अपराध महाशाखाको टोलीले चन्दलाई नयाँ बानेश्वरस्थित उनकै घरबाट पक्राउ गर्‍यो ।

Kumar-Ghaite

कुमार घैंटेको सफाया

गत साउन ३ गते प्रहरीको एउटा विवादास्पद कार्वाही ठूलो चर्चाको विषय बन्यो । काठमाडौंमा १२ वर्ष भन्दा लामो समयदेखि गुण्डागर्दी गर्दै आएका कुमार घैंटेलाई प्रहरीले इन्काउन्टर गर्‍यो ।

सामाखुशीस्थित घैंटेको घरमा महानगरीय अपराध महाशाखाको टोली  छापा मार्न पुगेको थियो । प्रहरी आएको थाहा पाए लगत्तै घैंटेले फायर खोलेको प्रहरीको दावी थियो ।

यद्यपि प्रत्यक्षदर्शीले भने प्रहरी कारवाही एकतर्फी रहेको बताएका छन् । घैंटेको शरीरमा प्रहरीका आठ गोली लागेको थियो । घैंटेसँगै  अन्य दुई सहयोगी पनि प्रहरीको गोली लागेर घाइते भएका थिए । अपराध महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका एसएसपी सर्वेन्द्र खनालले गुण्डाविरुद्ध चलाएको यो पहिलो अप्रेशन थियो ।

युनिटीका आरोपी पक्राउ

नेटवर्किङ व्यवसायमा संलग्न युनिटी लाइफले करोडौं ठगी गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको घटना ५ वर्ष पुरानो भइसक्यो ।

unity lifeयुनिटीले नेटवर्किङ व्यवसायको नाममा करिब ३ लाख ६६ हजार व्यक्तिबाट ३ अर्व ७९ करोड रुपैंया ठगी गरेको आरोप लागेपछि प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र उनकै दाजु कृष्णबहादुर क्षेत्री फरार भएका थिए ।

जिल्ला अदालत ललितपुरले दुवैजनालाई दोषी ठहर गरेर जनही ३ वर्ष कैद, १ करोड बिगो जरिवाना र एक करोड ६ लाख जाहेरवालालाई भराइदिन फैसला गरेको थियो । त्यति बेलासम्म सबै सञ्चालकहरु फरार भैसकेका थिए ।

प्रहरीका उच्च अधिकृतहरुलाई समेत प्रभावमा पारेर भारतको हिमाञ्चल प्रदेशमा माछापालन गरेर बसिरहेका क्षेत्रीका दाजुभाई करिब ५ वर्षपछि प्रहरीको फन्दामा परे ।

कालोबजारीमा कारवाही

तराई आन्दोलन र भारतको नाकावन्दीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थाल्यो । त्यहि बेलामा केही घरानिया व्यापारीहरुले अभावको फाइदा उठाउँदै कालोबजारी गर्न थाले ।

प्रहरीले कालोबजारी गरेको भन्दै केएल दुगडमा कार्वाही गर्‍यो । बजारमा खाने तेलको अभाव गराएर अत्याधिक मुल्य बृद्धी गरेको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले दुगडको गोदाममा छापा मारेको थियो ।

एक प्याकेट तेलमा एक सय २५ रुपैंयासम्म मुल्यवृद्धी गरेको भन्दै छापा मारेको प्रहरीले गोदामका म्यानेजर अमन जैन र सेल्स म्यानेजर प्रमोद अधिकारीलाई पक्राउ गरेको गर्‍यो । सञ्चालक नरेश दुगडसहित अन्य सञ्चालकहरु विरुद्ध पनि मुद्दा चलाइएको थियो ।

Match-Fixing

फुटबलको धन्दा उजागर

नेपाली फुटबलमा ०७२ सालमा ठूलै उथलपुथल आयो । नेपाली टीमका नियमित क्याप्टेन सागर थापा र खेलाडीहरु बिकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राईका सात प्रशिक्षक अञ्जन केसी म्याच फिक्सिङ प्रकरणमा मुछिए । उनीहरुले सन् २००८  देखिका खेलहरु पैसा खाएर हार्ने गरेको खुलासा भएको हो ।

खेलाडीहरुले पैसाको लागि राष्ट्रघात गरेको खुलेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर कारवाही थाल्यो । उनीहरुले जोर्डन, फिलिपिन्स, बंगलादेश, अफगानिस्तान लगायत देशहरुसँगका खेल पैसा खाएर हारेको हराएको अनुसन्धानको क्रममा खुलेको थियो ।

nakkali-doctor

सीआइबीको अपरेसन

नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोका लागि पनि ७२ साल निकै फाप्यो । सिआइबीले नक्कली डाक्टरविरुद्ध चलाएको अपरेसन सबैभन्दा चर्चामा रहृयो । प्रमाणपत्र खरिद गरेर डाक्टर बनेकाहरुमाथि सीआइबीले चलाएको अपरेसनमा १७ जनाभन्दा बढी नक्कली डाक्टरहरु परिसकेका छन् ।

त्यसो त २०५२ सालमा ठमेलमा भएको इटालियन नागरिक डेभिड क्यारारो हत्याकाण्डका एक मुख्य आरोपीलाई २१ वर्षपछि पक्राउ गर्न पनि सीआइबी यसै वर्ष सफल भएको  छ । वर्षौंसम्म पनि आरोपी पक्राउ नपरेपछि प्रहरीले लगभग फाइल नै बन्द गरिसकेको थियो ।

केही महिनाअघि मात्रै २१ वर्षअघि भएको डेभिड हत्याकाण्डको फाइल पल्टाएको सीआइबीले यस्तो सुराक पायो, जसले सण्डुप घले बनेर लुक्दै आएका टासी गुरुङ उम्किन सकेनन् । टासीबाहेक सीआइवीले थुपै्र फरार अभियुक्तहरुलाई कार्वाहीको दायरामा ल्याइसकेको छ ।

Cocaine

झोल कोकिन उम्किन सकेन

विश्वकै महंगोमध्येको एक अवैध लागुऔषध कोकिन बोक्ने ट्रान्जिट नेपाललाई बनाउने प्रयास पटक-पटक भैरहेको छ । तर, यस वर्ष कारोवारीले कोकीन ओसारपसार गर्ने फरक शैली अपनाए ।  भारत नागाल्याण्डकी मर्सी र दक्षिण अफ्रिकाकी एम पाथोनी एमसानी करिब २ किलो झोल कोकीन बोकेर नेपाल आइपुगेका थिए ।

ब्राजिलदेखि सेम्पुको बट्टामा कोकिन बोकेर ल्याउने एमसानी र काठमाडौंबाट भारतसम्म पुर्‍याउने जिम्मेवारी लिएर आएकी मर्सी काठमाडौंबाट फुत्किन सकेनन । उनीहरु लागुऔषध नियन्त्रण ब्युरोको फन्दामा परे ।

५ करोडभन्दा बढी मूल्य पर्ने अवैध लागुऔषध कोकीन कारोवारको गर्न नेपाल सुरक्षित बाटो होइन भन्ने ब्युरोको कार्वाहीले प्रष्ट पारेको छ ।

Indian-money

१ करोड भारु

७२ सालको अन्यतिर नेपाल प्रहरीले ठुलै उपलब्धी हात पार्‍यो । करिब २ वर्षपछि नेपालको रुट प्रयोग गरेर हुन लागेको भारतीय नक्कली नोट नेपाल प्रहरीको नजरबाट छिप्न सकेन ।

यसपटक एक करोड भारुसहित पाकिस्तानी भरिया मात्रै पक्राउ परेनन्, नेपाली एजेन्टहरुसमेत कार्वाहीको दायरामा आएका छन् । नेपाल प्रहरीको विशेष ब्युरोले गरेको अपरेसनमा १ करोड भारतीय नक्कली नोटसहित एक पाकिस्तानी र ५ जना नेपाली पक्राउ परेका छन् ।

नटवरलाल डाक्टर सुहाना केसी

२०७२ सालमा निकै चर्चामा रहेकी पात्र हुन्, डाक्टर सुहाना भनिने भगवती केसी । बुटवलकी भगवतीको ठगी धन्दा निकै रोचक थियो । आफूलाई डाक्टर सुहानाको रुपमा चिनाएर उनले थुप्रैलाई ठग्न भ्याइसकेकी थिइन् ।

ठमेलको एक होटलमा डिआइजीकी छोरी भन्दै बसेर होटल सञ्चालककै छोरासँग टाप कसेकी थिइन् उनी । उनले नायक राजेश हमालसँग पनि निकटता बढाएको पाइएको छ । प्रहरीले पक्राउ गरेपछि उनको सारा खेल सकियो ।

दुइ चर्चित हत्या काण्ड

२०७२ साल माघ १९ गते पोखराको नयाँ गाउँस्थित सडक किनारमा बिहानै भेटिएको एउटा शव निकै विभत्स अवस्थामा थियो । उक्त शव पोखरा नयाँ गाउँकै १८ वषिर्या  नेहा पुनको रहेको खुलासा भयो ।

महर फिल्मकी अभिनेत्रीसमेत रहेकी नेहाको हत्याको विरोध पोखरामा मात्रै सिमित रहेन, देशैभरी सनसनी मच्चियो । जसले गर्दा अभियुक्त पक्राउ गर्न प्रहरीलाई निकै दवाव पर्‍यो । प्रहरीका अनुसार करिब १ वर्षदेखि चिनजान थियो नेहा र शतिसबीच । उनीहरु नजिकको साथि बने । आखिरमा, शारीरीक सम्बन्ध राख्न नमानेको झोकमा शतिसले नेहाको ज्यान लिए ।

Venisha-Limbu,-Dhankuta Finalपोखरामा नेहाको हत्या भएको एक महिना वित्न नपाउंदै काठमाडौंमा लगभग उस्तै शैलीमा धनकुटाकी भेनिसा लिम्बुको ज्यान गयो । फेसबुकमार्फत चिनजान भएका राजन राई र उनका साथीहरुसंग  गते फागुन ८ गते भेनिसा पनि रमाइलोका लागि ठमेल पुगेकी थिइन् ।

ठमेलमा मादक पदार्थ सेवन गरेपछि राजन र भेनिषा लाजम्पिाटस्थित एक अपार्टमेन्टमा पुगे । राजन र भेनिसा विच शारीरीक सम्बन्ध भयो तर उनीसँगै रहेका अर्का साथीले पनि भेनिसासँग सम्बन्ध राख्न खोजेपछि विवाद भयो । विवादको क्रममा ति अपरिचित व्यक्तिले धकेल्दा भेनिसाको झ्रयालबाट लडेर मृत्यु भएको थियो ।

झ्यालबाट लडेकी भेनिसालाई अस्पताल लैजानुको साटो नगरकोटमा लगेर फालिदिएका थिए । घटनामा संलग्न राजन राईसहित तिन जना पक्राउ परे पनि घटनामा संलग्न मुख्य अभियुक्त भने फरार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment