Comments Add Comment

सबा २ लाख किलो तौलको विचित्र ढुंगा, प्रकृतिलाई चुनौति दिँदै यसरी अडिएको छ (फोटो फिचर)

mystery-stone

दक्षिण भारतको महाबलीपूरममा एउटा यस्तो रहस्यमय ढुंगा छ जुन अनौठो प्रकारले झण्डै ४५ डिग्रीको झुकावमा अडिएको छ ।

कतिपय मानिसले उक्त शिला भगवानले ल्याएर त्यहाँ स्थापना गरेको विश्वास गर्दछन् भने कतिपयले अर्कै ग्रहको प्राणी अर्थात् एलियनको करामत भएको दाबी गर्दछन् ।

सन् १९०८ मा मद्रासका गभर्नर आर्थर ललीले उक्त ढुंगालाई सात हात्ति लगाएर तान्न खोज्दा पनि डेग चलाउन सकेनन् । उक्त ढुंगा झण्डै १३ सय वर्षदेखि त्यहाँ रहेको विश्वास गरिएको छ । ढुंगाको वजन झण्डै २ लाख २६ हजार किलो रहेको छ ।

stone

यो ढुंगा देख्दा निकै खतरनाक लाग्छ । जुनसुकै बेला पनि ढुंगा बुर्लुंगै पल्टिन्छ की जस्तो लाग्छ । तरपनि वर्षौँसम्म यो ढुंगा छिसिक्क धसिएको पनि छैन । त्यसैले त्यहाँ आउने पर्यटकहरु ढुंगासँगै अझ भनौँ ढुंगाकै मुन्तिर टाँसिएर तस्वीर खिचाउँछन् । यो ढुंगालाई भगवान कृष्णको मखनको डल्लो पनि भनिन्छ ।

यो ढुंगाको उचाइ २० फिट छ । यसरी ढल्किएर रहेको यो ढुंगाले साँच्ची गुरुत्वाकर्षणलाई नै चुनौति दिएको छ । स्थानीयका अनुसार भगवानले आफ्नो शक्ति देखाउनका लागि उक्त ढुंगालाई त्यसरी अड्याएर राखेका हुन् ।

mystery-stone6 mystery-stone5 mystery-stone4 mystery-stone2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment