+
+

पूर्वराजा ज्ञानेन्द्र शाह वैशाखदेखि ‘सक्रिय’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते ४:४०

३० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ०७३ साल बैशाखदेखि सक्रिय बन्ने भएका छन् । मुलुकलाई ‘अगस्ति नेतृत्व’ काे विकल्प चाहिएको भन्दै देशभक्तहरुलाई समेटेर अघि बढ्नुपर्ने पूर्वराजा ज्ञानेन्द्रको निश्कर्ष छ ।

Gyanendra Shah‘राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ,’ नयाँ वर्ष ०७३ को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले राजनीति मिश्रित शुभकामना सन्देश दिँदै भनेका छन्- ‘राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ति नेतृत्वको तृष्णावीचको फाटो नोक्सानदायी भैसकेको छ ।’

पूर्वराजाले अगाडि भनेका छन्- ‘त्यसैले स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।’

नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजाले नयाँ संविधानका विषयमा कतै चर्चा गरेका छैनन् । बरु उनले धर्मको प्रशंग उठाएर हिन्दुराष्ट्रका अभियन्ताहरुलाई पूठ दिने प्रयास गरेका छन् । उनले दक्षिण एशियाको शक्ति सन्तुलनमा हेक्का राख्नसमेत आचग्रह गरेका छन् ।

पूर्वराजाको वक्तव्यमा भनिएको छ- ‘हामी को थियौं, कहाँ थियौं, अहिले कुन स्थितिमा छाैं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्दछ, कसको के-कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क-कसको कस्तो अर्घेल्याइँ छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् ।’

पूर्वराजाले अगाडि भनेका छन् – ‘हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरीत प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएका धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दैछ । त्यसका लागि दक्षिण एशियाको भू-राजनीतिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।’

नयाँ वर्षका लागि जारी भएको पूर्वराजाको वक्तव्यमा भूकम्पपीडित, अग्निपीडितहरुबका विषयमा कतै पनि सहानूभूतिका शब्दहरु स्मरण नगरी राजनीतिक असन्तुष्टि मात्रै भरिएको छ । यो वक्तव्यले उनमा राजगद्दी छाड्नुपर्दाको असन्तुष्ट मनस्थितिलाई स्पष्ट पारेको छ ।

तर, विगतमा पनि पूर्वराजाका तर्फबाट जारी हुने वक्तव्यमा यस्तै असन्तुष्टि प्रकट हुने गरेको थियो । अहिलेको वक्तव्य पनि त्यसैको निरन्तरता हो कि ? यो प्रश्नमा पूर्वराजा निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हैन उहाँ बैंककबाट स्वदेश फर्किइसक्नुभएको छ, अब वैशाखदेखि सक्रिय बन्छु भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?