+
+

बर्ष ७३ मा प्रदर्शन हुनेछन् यी चलचित्र, कुन होला प्रतिक्षामा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते ११:५०

नयाँ वर्ष प्रारम्भ भएसँगै नयाँ वर्षमा रिलिज हुने चलचित्रको वारेमा समेत चासो बढेर गएको छ । नयाँ वर्ष नलाग्दै केही निर्माताले आफ्नो चलचित्रको प्रदर्शन मिति तोकिसकेका छन् ।

नेपालमा तोकिएकै मितिमा चलचित्र प्रदर्शन नहुनुलाई आश्चर्य मानिदैन । एउटा मितिमा ठूला चलचित्रविच भिडन्त हुने भयो भने साना चलचित्रले घोषणा गरेको मिति फेर्ने समेत चलन छ । केही निर्माताले भने आफुले तोकेको मितिमै चलचित्र प्रदर्शन गर्ने दाबी गरेका छन् । यो बर्ष रिलिज हुने भनेर मिति तोकिएका केही चलचित्र यस्ता छन् । जुनमध्ये केही तपाइका लागि प्रतिक्षित बन्न सक्छन्  :
Richa-Sharma-mobile-3

बैशाखः बैखाख १० गते ‘बाटो मुनीको फूल-२’ र हाउ फन्नी रिलिज हुने भएको छ ।  ‘बाटो मुनीको फूल-२’ ‘बाटो मुनीको फूल’को सिक्वेल हो । सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा ऋचा शर्मा, बाबु बोगटी, अशिष्मा नकर्मी, रीमा विश्वकर्मा, दीलिप रायमाझी र यश कुमारको मुख्य भुमिका छ । यस्तै, नीलु डोमाले बनाएको ‘हाउ फन्नी’मा दयाहाङ राई, केकी अधिकारी, प्रीयंका कार्की लगायतले अभिनय गरेका छन् ।malvika-priyanka-and-keki
बैशाख १७ गते ‘जंगे’ प्रदर्शन हुने भएको छ । ‘जंगबहादुर राणसँग सम्बन्धित विषयबस्तुमा बनेको भनिएको ‘जंगे’मा सुरज सिंह ठकुरीको मुख्य भुमिका  छ । यसको निर्देशन उत्कल थापाले गरेका हुन् ।

बैशाख २४ गते ‘रोल्पा रोग र उहिले बाजेको पाला’मा प्रदर्शन हुने भएको छ । शिशिर भन्डारीको मुख्य भुमिका रहेको ‘रोल्पा रोग’ माओवादी युद्धको पृष्ठभुमीमा आधारित छ ।  ‘उहिले बाजेको पालामा’ मा पुरानो पुस्ताको कथा वाचन गरिएको छ । वैशाख ३१ गते आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘के म तिम्रो होइन र’ रिलिज हुँदैछ । आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा रहेको यो चलचित्रको ट्रेलरले अहिले सर्वाधिक चर्चा पाइसकेको छ ।

जेठः जेठ ७ मा ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ प्रदर्शन हुने भएको छ । नायक रमित ढुंगानाको लागानी र अभिनय रहेको यस चलचित्रले गौतम बुद्धको जन्मवारे भ्रम चिरेको दाबी नायक रमितले गरेका छन् ।

अर्को चलचित्र ‘एक्सन’ पनि ७ गते नैै प्रदर्शन हुने भएको छ । यही दिन चलचित्र ‘उहिले बाजेको पालामा’ काठमाण्डौ बाहिर रिलिज हुनेछ । जेठ १४ गते ‘छाँया’ प्रदर्शन हुने भएको छ । मनोज पण्डितले यसलाई निर्देशन गरेका हुन् ।
anmol-and-shristhi
श्रृष्टि श्रेष्ठ र अनमोन केसी अभिनित ‘गाजलु’ र सौगात मल्ल अभिनित ‘लुकामारी’ जेठ २८ मा रिलिज हुने भएको छ ।

असारः असारको पहिलो हप्ता अहिलेसम्म कुनै चलचित्र छैन । २४ गतेे ‘लाले’ प्रदर्शन हुने भएको छ । सुस्मिता केसीको लगानी रहेको चलचित्र ‘म त तिम्रै हुँ’ पनि असारमै प्रदर्शन हुने भएको छ ।

साउनः अहिलेसम्मको सूची हेर्ने हो भने साउनमा एउटा मात्रै चलचित्रको प्रदर्शन मिति तोकिएको छ । बिराज भट्टको मूख्य भुमिका रहेको ‘पर्शुराम’ साउन २८ गत रिलिज हुने भएको छ । यो महिना अन्य निर्माताले पनि प्रदर्शन मिति तोक्ने पक्का छ ।
biraj looks in parshuram
भोजपुरी फिल्ममा ब्यस्त बिराज ५ वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका हुन् । यसको निर्देशन रोज राणाले गरेका छन् ।

भदौः भदौ लागेसँगै चलचित्रको प्रदर्शनको चाप बढ्ने छ । भदौ ३ गते दुई ठूला चलचित्र ‘वीर विक्रम र चपली हाइट २’ रिलिज हुने भएका छन् । भदौको दोश्रो साता अर्थात १० गते ‘शकुन्ताला र झुम्की’ प्रदर्शन हुने भएको छ । दिनेश श्रेष्ठको निर्देशन रहेको ‘शकुन्तला’मा राजेश हमालले तेस्रो लिंगीको भुमिका निर्वाह गरेका छन् । अपिल बिष्टको निर्देशन रहेको ‘झुम्की’मा रीश्मा गुरुङ, दयाहाङ राइले मुख्य भुमिका निर्वाह गरेकी छन् ।
mariska pokheral
भदौ १७ मा निर्मल शर्मा ‘गैंडा’ निर्देशित ‘ब्रासलेट’ र लक्ष्मण सुवेदीको ‘लालजोडी’ प्रदर्शन हुने भएको छ । भदौ २१ मा सुरज भुषालको ‘गाँठो’ प्रदर्शन हुने भएको छ भने भदौ २८ मा प्रदीप उदयको ‘संरक्षण’ रिलिज हुने भएको छ । अहिलेसम्मको रिलिज मिति हेर्ने हो भने भदौमा चलचित्रको भिड नै लाग्ने भएको छ ।

असोज: असोज २१ मा छबी ओझाको ‘किस्मत-२’ र दीपाश्री निरौलाको  ‘छक्का पन्जा’ रिलिज हुने भएको छ । अन्य निर्माताले यो महिना प्रदर्शन मिति तोकेका छैनन् ।
shilpa
ऋषि लामिछानेको निर्देशन रहेको ‘किस्मत-२’मा किशोेर खतीवडा र शिल्पा पोखरेलको मुख्य भुमिका छ । दीपाश्रीको निर्देशन रहेको ‘छक्का पन्जा’मा दीपकराज गीरि, जीतु नेपाल, केदार घिमिरे, शिबहरी पौड्याल लगायतका कलाकारको मुख्य भुमिका छ ।

मंसिरः कात्तिकमा रिलिज हुने चलचित्र घोषण अहिलेसम्म गरिएको छैन । तर, मंसिरमा भने केही चलचित्र रिलिज हुने भएका छन् । मंसिर ३ गते ‘शायद-२’ रिलिज हुने भएको छ । रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ मंसिर १० मा रिलिज हुने भएको छ । चलचित्रमा प्रीयंका कार्की, दयाहाङ राई, मेनुका प्रधान लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।purano dhunga (5)
पौषदेखि चैत्रसम्म पनि चलचित्रको प्रदर्शन भिड त लाग्नेछन् । तर, औपचारिक रुपमा कुनै पनि चलचित्रले प्रदर्शन मिति तोकिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?