+
+
Shares

डेनमार्कमा सांगीतिक कार्यक्रम, महजोडीको रोचक प्रहसन

प्रकाश ढकाल  प्रकाश ढकाल 
२०७३ वैशाख २ गते १०:२३

madan krishna _kopenhegon

कोपनहेगन । नयाँ वर्षको उपलक्ष्यमा एन आर एन डेनमार्कको आयोजनामा कोपनहेगनमा चर्चीत राष्ट्रिय हास्यव्यंग कलाकारहरु हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठको प्रश्तुती सहित नयाँवर्ष शुभकामना तथा महजोडी विशेष सांगीतिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपालबाट आएका अन्य चर्चीत  कलाकारहरु यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, नरेन्द्र कंसाकार, मोहित आचार्य समेत रहेको शुभकामना साँझ कार्यर्कममा डेनमार्कमा रहेका उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा भएको सबै सांस्कृतिक कार्यक्रमको संयोजन नेपाली कलाकारहरुको संस्था इनास डेनमार्कले गरेको थियो ।

महजोडीले नेपालमा चलेको जातजातीको बारेमा चल्ने गरेको कुरीतिको बारेमा प्रश्तुत गरेको प्रहसन निकै रोचक रहेको थियो सो प्रश्तुती भैरहंदा दर्शकले धेरै पटक ताली बजाएका थिए । यसैगरी महजोडीले प्रश्तुत गरेको एकताको संदेश दिने गीतले धेरैको मन जितेको थियो । यसैगरी माण्डवी त्रिपाठी, यमन श्रेष्ठले पनि दर्शकहरुलाई भरपुर मनोरंजन गरेका थिए ।

kopenhegan_programme

कार्यक्रमको शुरुवात शुभकामना आदानप्रदान बाट शुरु भएको थियो । शुभकामना दिंदै डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले नयाँ वर्षले देशमा नयाँ उल्ल्लास ल्याउन सक्ने विश्वाश व्यक्त गरे । यसै गरी एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै नयाँ वर्षको शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्य दिनेमा एन आर एन आइ सी सी सदस्य प्रवीण प्रजापती  जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य ( नवीन ), प्रवासी नेपाली मंच डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेल, जनप्रगतिशील मंच डेनमार्कका अध्यक्ष गणेश ढकाल, क्रिएटिभ नेपलीज वुमन इन डेनमार्ककी अध्यक्ष गरिमा घले, इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा, स्क्यान्ड़ेनेभियन हेल्प डेनमार्कका अध्यक्ष पुरुषोत्तम रंजितकार, अभियान नेपालका संयोजक शशि श्रेष्ठ, फोकस नेपालका संयोजक अमृत रेग्मी थिए ।

औपचारिक कार्यक्रमको संचालन एन आर एन डेनमार्कका महासचीव गोविन्द पौडेलले गरेका थिए भने औपचारिक कार्यक्रमको समापन संगै सांस्कृतिक कार्यक्रम शुरु भएको थियो ।

संस्कृतिक कार्यक्रमको संचालन अजित देवकोटा र इनास डेनमार्ककी उपाध्यक्ष देवश्री कोइरालाले गरेका थिए । स्थानिय नेपाली कलाकारहरु सोनिया, अनुपा, क्रिएटिभ नेपलीज वुमनको समुहबाट अध्यक्ष डा.  गरिमा घले, आरती बानिया, भावना सिंह मल्ल, दिव्या सिटौला, बिमला भट्टराइ, कुसुम दाहाल लगायतले नृत्य तथा गीत प्रश्तुत गरेका थिए ।

यसैगरी इनास डेनमार्कको तर्फबाट अध्यक्ष सन्त कुमार थापा र मलिकाको जोडीले प्रश्तुत गरेका थिए भने सन्तोष लामिछाने, रोबिन र सुबु के.सी. ले गीत प्रश्तुत गरेका थिए ।

नताशा शेर्पाको समूहले विशेष नृत्य प्रश्तुतु गरेको थियो भने पाल्देन शेर्पा र पूर्ण बन्धनले गजल प्रश्तुत गरेका थिए । इनास डेनमार्कका महासचीव कृष्ण सुवेदी र सचीव दिनेश शर्माको समुहले लोकभाकाको गीत प्रश्तुत गरेको थियो भने प्रभात किरण र सुमन थापाले व्यंग प्रहसन गरेका थिए ।

कार्यक्रममा भरपुर मनोरंजन र संदेशमुलक रहेको धेरै दर्शकले अनुभव गरेका थिए । कार्यक्रम हल दर्शकहरुले भरिएको थियो । कार्यक्रम समग्रमा भव्य र सभ्य रहेको एन आर एनका महासचीव गोविन्द पौडेलले बताए । बचेको रकम सामाजीक कार्यमा खर्च गरिने पनि उनले बताए ।

जुन उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको त्यो पुरा भएको सचीव रमेश काफ्लेले बताए । यो सम्पूर्ण कार्यक्रमको संयोजन गरेका एन आर एनक सदस्य अशोक शर्माले बताए अनुसार दर्शकहरु सात सय भन्दा बढी रहेका थिए ।

सांस्कृतिक कार्यक्रम संयोजन गरेको संस्था इनासका सांस्कृतिक कार्यक्रम संयोजक रविन्द्र खड्काले बताए अनुसार मह जोडी आउने कार्यक्रमलाइ हेरेर सोहि अनुसार सांस्कृतिक कार्यक्रम तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?