Comments Add Comment

केकीलाई छ कामको लोभ, ऋचा र प्रियंकाको यसरी गरिन् डाहा

Keki adhikari
आखिर, कुनै गतिलो भूमिका अरु कलाकारले गर्दा अरुलाई डाहा हुनु स्वभाविक नै हो । त्यो भूमिका मैले गर्न पाएको भए हुन्थ्यो जस्तो त सबैलाई लाग्छ नै ।
नायिका केकी अधिकारीको हकमा पनि यो कुरा लागू हुन्छ ।

हाल कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी यी सुन्दरीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई कामको लोभ हुने बताइन् । उनले भनिन्-‘नायिका ऋचा शर्माले ‘उमा’ चलचित्रमा गरेको भूमिका होस् या प्रियंका कार्कीले ‘सुन्तली’मा गरेको भूमिका नै किन नहोस्, त्यस्तो काम गर्न मैले किन पाइनँ भनेर पछुतो त हुन्छ नै ।’

उनका अनुसार अरु नायिकाले राम्रो र तारिफयोग्य भूमिका र चलचित्र पाउँदा उनलाई केही छटपटी त हुन्छ । तर, उनले छाडेका थुप्रै चलचित्र पनि अन्य नायिकाले गर्दा ब्लकबस्टर भएका छन् । कतिपय त असफल पनि भएका छन् । केकीले दुबै खालका चलचित्रको नाम लिन भने चाहिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment