+
+

दाङको देउखुरीमा फेरि आगलागी सिमलखुट्टी गाउँका ७ घरगोठ नष्ट

दशरथ घिमिरे दशरथ घिमिरे
२०७३ वैशाख २ गते १६:४९

Aaglagi-Dang२ वैशाख, दाङ । दाङको देउखुरी क्षेत्रमा अर्को आगलागीको घटना भएको छ । राजपुर गाविस वडा नं. ४ सिमलखुट्टीमा बिहीवार आगलागी हुँदा ७ वटा घरगोठ जलेर नष्ट भएको स्थानीय नरेन्द्र भण्डारीले जानकारी दिए ।

काजोल सामुदायिक वन उपभोक्ता समुहमा लागेको डढेलो दिउँसो पौने एक वजे वस्तीमा सोझिएको थियो । आगलागीमा परि राममायाँ घर्ती, निरज घर्ती, आशबहादुर घर्ती र ओविराम घर्तीको घर गोठ जलेर खरानी भएको छ । आगलागी वाट भएको क्षतिको विवरण आएको छैन ।

स्थानीय वासिन्दा, सामुदायिक वनका उपभोक्ता, प्रहरी लगायतको सक्रियतामा आगो नियन्त्रणको प्रयास भैरहेको छ । आगोमा जलेर ४० वटा वाख्रा समेत मरेको वताइएको छ ।

यस अघि चैत २९ गते गंगापरस्पुर गाविसको वडा नं. ८ र वडा नं. ६ खज्रौटा गाउँमा भीषण आगलागी हुँदा ५३ ब्यक्तिको ६६ घर, ४५ गोठ र १६ भान्साघर जलेर नष्ट भएका थिए ।

यस्तै चैत २८ गते राजपुरको खिड्की नाकामा आगो लाग्दा १२ घर गोठ जलेर खरानी भएको थियो । फागुन ६ गते राजपुर गाविस वडा नंं १ फोहरा गाउँमा आगलागीमा परेर ५ घर परिवार पूर्णरुपमा विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?