Comments Add Comment

चट्याङ लागेर दुई जनाको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

३ वैशाख, ताप्लेजुङ  । ताप्लेजुङ र संखुवासभामा विहिबार साँझ चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङमा एक महिला र संखुवासभामा एक पुरुष रहेका छन् ।

साँझ साढे पाँच बजे चट्याङ लागेर संखुवासभा सिसुवाखोला एकका ४४ वषिर्य चन्द्रकुमार राई र ताप्लेजुङ नगरपालिका ४ की ७२ वर्षीया बिष्णुमाया राजभण्डारीको ज्यान गएको हाे ।

राईको खाँदबारी बजारबाट बुधबारेतर्फ सामान लिएर आउने क्रममा घटनास्थलमै मृत्यु भएको हो भने राजभण्डारीको घरमै बसेको अवस्थामा मृत्यु भएको प्रहरी चौकी सिसुवाखोला र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

चट्याङ लागेर सिसुवाखोलामा अन्य तिन जनासमेत सामान्य घाइते भएका छन् । उनीहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment