+
+

जिपको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३ गते ७:१२

३ वैशाख, मोरङ । मोरङको मधुमल्ला–६ टपुस्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बिहीबार साँझ बलेरो जिपको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।

Accidentमधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको बा१३च ३१५८ नंको बलेरो जिपले उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे३प ४९४१ नंको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक मोरङ टाँडी–८ का २० वर्षीय सङ्गीत लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै स्कुटरको पछाडि सवार टाँडी–८ कै १९ वर्षीय मिलन राईको उपचारका लागि विराटनगर लैजाने क्रममा र पछाडि सवार अर्का झापा शरणामतीका २१ वर्षीय सनम रणपहेलीको न्युरो अस्पताल विराटनगर पुर्याउनेबित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए ।

ठक्कर दिने बलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?