Comments Add Comment

लण्डनको ‘म्याडम तुसाद’मा मा सक्क्ली साहरुख र नक्कली ‘गौरव’को भेट

srk with his fan gaurab
लण्डनको म्याडम तुसाद म्यूजिम विश्वमै चर्चित छ । विश्वका विभिन्न चर्चित सेलिब्रेटीको मैनवत्तीले बनाइएको पूर्ण कदको प्रतिमा राखिएकाले पनि यो स्थान चर्चित बनेको छ । बलिउडका सुपरस्टार नायक साहरुख खानको प्रतिमा पनि यसमा राखिएको छ । यो म्यूजियम हेर्नका लागि विश्वभरबाट पर्यटक पुग्ने गर्छन् ।

तर, म्याडम तुसाद म्युजियममा राखिएको कुनै स्टारको पहिरन पहिलो पटक परिवर्तन गरिएको छ । बलिउड नायक साहरुख खानको पूर्ण कदको प्रतिमामा राखिएको पहिरन परिवर्तन गरेर उनको नयाँ चलचित्र ‘फ्यान’मा ‘गौरव’ पात्रले लगाएको पहिरन लगाइएको छ । साहरुख यसको अनावरण गर्नका लागि वेलायत पुगेका थिए । साहरुख अभिनित चलचित्र ‘फ्यान’ बेलायतमा पनि छायांकन गरिएको छ । यो म्यूजियम भित्र पनि चलचित्रको केही दृश्य खिचिएको छ । साहरुख लण्डन आफ्नो दोश्रो घर भएको बताउँछन् ।

म्याडम तुसाद भित्र पहिलो पटक चलचित्र खिचिएको छ, जुन साहरुखको चलचित्र ‘फ्यान’मा हेर्न सकिन्छ । चलचित्र ‘फ्यान’मा साहरुखले दोहोरो भूमिका निर्वाहा गरेका छन् । ५० बर्षको सुपरस्टार र २५ बर्षको फ्यानको भूमिकामा साहरुख देखिएका छन् । यो चलचित्र आजबाट विश्वभर रिलिज भएको छ ।

जसले  समिक्षकदेखि दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पनि पाइरहेको छ । पछिल्लो समय मसला चलचित्र खेलेका साहरुख अभिनयमा फर्किएको प्रतिक्रिया दर्शक र समिक्षकले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment