Comments Add Comment

सरस्वतीलाई पन्छाउँदै आर्मी क्वार्टरफाइनलमा

Army

३ वैशाख, पोखरा । सरस्वती क्लवलाई पराजित गर्दै विभागीय टिम नेपाल आर्मी मनकामना केबुलकार पोखरा कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रङ्गशालामा भएको रोमाञ्चक खेलमा आर्मीले सरस्वतीलाई ३-१ ले पन्छाउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने । उनले शुक्रबार सरस्वतीबिरुद्ध २ गोल गर्दै आर्मीलाई जित दिलाएका हुन् । नवयुगले खेलको १४ मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

तर, सरस्वती क्लवका सुसन लामाले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै कमव्याकको आस देखाए ।

खेलको ७१ औं मिनेटमा सब्ष्टीच्यूट खेलाडी धिरज तामाङले गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए । नवयुग श्रेष्ठले खेलको ८७ औं मिनेटमा पुनः अर्को गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

शुक्रबारको खेलमा आर्मीका लागि २ गोल गर्ने नवयुग श्रेष्ठ म्यान अफ दी म्याच भए ।

जितप्रति आर्मीको प्रशिक्षक मेघराज केसीले सन्तोष व्यक्त गरे । उनले खेलाडी पूरा नभएकाले पोखरा र ईलामका खेलाडी समेटेर खेल्नुपर्दा फराकिलो अन्तर पार्न चुकेको बताए ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई विभागीय टिम प्रहरीको नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment