Comments Add Comment

नयाँ शक्तिदेखि सीके राउतसम्म सुरक्षा निगरानीमा

Baburam-bhattrai

४ वैशाख, काठमाडौं । उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बसनेतले अहिलेका प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका आजको अन्नपूर्णले जनाएको छ ।

बैठकमा सुरक्षा अधिकारीहरले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि संविधान कार्यान्वय गर्न नदिने शक्तिसँग लागेकोले उक्त पार्टीको गतिविधिमा निगरानी राखिनुपर्ने बताएका थिए ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयनमा बाधा पुर्‍याउने जुनसुकै शक्ति र पार्टीलाई रोक्ने रणनिति अवलम्बन गरेर कार्यान्वयन बनाई लागू गर्न निर्देशन दिएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment