Comments Add Comment

कर दाखिला गरेपछि मात्रै तलब भुक्तानी

Birganj-Naka४ वैशाख, वीरगन्ज। वीरगन्ज उपमहानगरपालिकाले कार्यालयलाई तिर्नुपर्ने कर दाखिला गराएको प्रमाणपत्र पेस गर्ने कर्मचारीलाई मात्र तलब भुक्तानी गर्ने नयाँ नियम लागू गरेको छ ।

स्थानीय स्वायत्तशासन ऐन अन्तर्गत कार्यालयले नगरवासीबाट सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर सम्बन्धित कर्मचारीले पनि दाखिला गर्नुपर्ने बाध्यकारी नियम लागू गरिएको वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

उपमहानगरपालिका क्षेत्रभित्र उपमहानगरपालिकामा कार्यरत कर्मचारी र कर्मचारी परिवारको नाममा रहेको घर जग्गाको कर बुझाएको प्रमाण पेस गरेपछि मात्र तलब सुविधा भुक्तानी गर्ने व्यवस्था लागू गरिएको हो, कार्यकारी अधिकृत कोइरालाले भने ।

कर्मचारीले कर तिरे नतिरेको जानकारीका लागि राजस्व शाखासँग समन्वय भइरहेको छ, लेखा शाखाका प्रमुख शम्भुप्रसाद गुप्ताले भने, ‘राजस्व शाखाले कर तिरे नतिरेको कर्मचारीको नामावली पठाएपछि मात्र तलब निकासा गर्ने प्रक्रिया अगाडि बढाएका छाैं ।

हाल कार्यालयमा प्रशासनतर्फ दुईसय ६७ र सरसफाइ तर्फ दुईसय ५१ गरी कुल पाँचसय १८ कर्मचारी कार्यरत छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment