+
+
Shares

मधेसबारे लचकदार हुन देउवाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ४ गते १५:५४

Sherbahadur-Deuba_1
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको समस्या समाधान नगरेसम्म संविधान कार्यान्वयन गर्न कठिन हुने बताएका छन् । देउवाले मधेसको समस्या समाधानका लागि लचकदार हुन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको पाल्पा-काठमाडौ सम्पर्क समितिको शनिबार काठमाडौमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै देउवाले मधेसको समस्या समाधान नगरेसम्म संविधानको कार्यान्वयन सजिलो नहुने बताए ।

संविधानको कार्यान्वयन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नका लागि मधेस समस्याको समाधान गर्नु अनिवार्य हुने देउवाले बताए ।

संविधान जारी गर्दा मधेशवादी दलहरुसँग समझदारी कायम हुन नसके पनि संविधान संशोधन गरेर उनीहरुका माग सम्बोधन गर्ने बाटो खुला रहेकाले अब सबैले लचकता अपनाउनुपर्ने देउवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?