Comments Add Comment

म चलचित्र खेलेको पैसा लिन्न, मोदीलाई समर्थन गर्नुपर्छः साहरुख खान

srk
बलिउड बादशाह साहरुख खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्नुपर्ने बताएका छन् । आम भारतीय नागरिकले बहुमत दिएर सरकारमा पठाएकाले मोदीलाई भारतीय नागरिकले समर्थन गर्नुपर्ने उनको भनाई थियो ।

असहिष्णुताको सन्दर्भमा आफुले दिएको टिप्पणीलाई मिडियाले गलत ब्याख्या गरेको भन्दै साहरुखले आफु भन्दा ठूलो देशभक्त अरु कोही नभएको दाबी गरे । साहरुखले भने-‘म यो अन्तिम पल्ट दोहोर्‍याउन चाहन्छु कि म भन्दा ठूलो देशभक्त यो देशमा कोही पनि छैन ।’ उनले भारतले यदि कसैलाई सबैभन्दा धेरै दिएको छ भने त्यो आफू नै भएको बताए ।

इण्डिया टीभी को चर्चित शो ‘आपकी अदालत’ मा प्रस्तुत भएका साहरुखले मोदीसँग सम्बन्धित धेरै प्रश्नको जवाफ दिए । देशको नेता जुनसुकै पार्टीको भएपनि साथ दिनुपर्नेर् उनको भनाई थियो ।

‘हामीले चुनेर पठाएको मान्छे जुनसुकै पार्टीका भएपनि समर्थन गर्नुपर्छ ।’ उनले भने । देशलाई अघि बढाउन पनि बहुमत ल्याएर चुनाब जित्ने नेतालाई सपोर्ट गर्नुपर्ने उनको भनाई थियो ।

असहिष्णुताको सन्दर्भमा आफुले युवा पुस्तालाई जात र बर्णको आधारमा भेदभाव गर्न हुन्न भने पनि मिडियाले समाचार मोडिदिएको उनको भनाई थियो ।
आफूलाई भारतले सबथोक दिएको बताउने साहरुखले आफ्नो बुबा सानै उमेरमा स्वतन्त्र सेनानी बनेको स्मरण गराए ।

उनले आफ्नो परिवारलाई ‘मिनि इण्डिया’ को रुपमा ब्याख्या गरे । उनकी श्रीमति गौरी हिन्दु हुन् भने साहरुख आफू मुस्लिम हुन् । साहरुख भन्छन्-‘मेरो तीन सन्तान छन् हामी सबै धर्म मान्छौं ।’

कतिपय अवस्थामा सामाजिक सञ्जालमा आफ्नो वारेमा गरिएको टिप्पणीले रुन मन लागेको उनले सुनाए । आफुलाई देशभक्त भन्न चाहने साहरुखले पटक पटक भने-‘भारत दुनियाँकै सबैभन्दा महान् देश हो, यहाँ सबै सुरक्षित र सुन्दर छन् ।’

आफूले अभिनयका लागि पारिश्रमिक नलिने दाबी समेत साहरुखले गरे । ‘इभेन्ट, अवार्ड, लाईभ शो मा पैसा लिन्छुु तर, अभिनय गरेवापत पैसा लिन्न ।’ उनले भने । चलचित्रका निर्मातालाई आफूले तपाइलाई जती दिन मनलाग्छ त्यती नै दिन आग्रह गर्ने गरेको साहरुखको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment