Comments Add Comment

यो सिजन आईपीएलमा मालिंकाको खेल हेर्न नपाइने

Lasith-Malinga

५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा श्रीलंकन फास्ट बलर लासिथ मालिंगालाई देख्न नपाइने भएको छ ।

उनले मुम्बई इण्डियनबाट आईपीएल खेल्दै आएका थिए । तर, घुँडामा लागेको चोटका कारण उनले यो सिजनको आईपीएल गुमाएका हुन् ।

मुम्बईको मेडिकल टिमले उन अझै चार महिला खेल्न नसक्ने बताएको छ । उनी श्रीलंका फर्किएका छन् ।

मालिंगा गत नोभेम्बरमा श्रीलंकाको वेष्टइण्डिज भ्रमणका क्रममा घाइते भएका थिए । उनले यो पाँच महिनामा एक मात्र खेल खेले, जुन एसिया कपमा यूएईविरुद्ध थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment