Comments Add Comment

पानामाले ब्राजिललाई बराबरीमा रोक्यो

काठमाडौं । पानामाले अप्रत्यासित रुपमा पाँच पटकको विश्व विजेता ब्राजिललाई बराबरीमा रोकेको छ ।

शनिबार राति भएको मैत्रिपूर्ण फुटबलमा विश्व वरीयतामा ७६ औं स्थानमा रहेको पानामाले ब्राजिललाई १–१ को बराबरीमा रोकेको हो । रोबर्टो फिर्मिनो, एडरसन लगायतका प्रिमियर लिगका खेलाडीहरु खेलाएको ब्राजिलले ३२ औं मिनेटमा लुकास पिक्याटाको गोलबाट अग्रता लिएको थियो । उनी एसी मिलानका हुन् ।

तर, यो अग्रता चार मिनेट पनि टिक्न सकेन । ३६ औं मिनेटमा पानामाका माचाडोले गोल गरे ।

विश्व वरियतामा तेस्रो नम्बरमा रहेको ब्राजिलका रिचालेसन र कासिमेरोको प्रहार दोस्रो हाफमा बारमा लागेको थियो । गाब्रियल जेसिस दोस्रो हाफमा मैदान प्रवेश गरेपनि नजिता परिर्वतन गराउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment