News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।
- यस संस्करणको प्रतियोगितामा सहभागिता पक्का गर्ने नेपाल पहिलो टोली हो भने अन्य टोलीहरूको घोषणा हुन बाँकी छ ।
- गत संस्करणको खेलमा नेपालले लिग चरणका ६ खेलमध्ये २ खेल मात्र जितेर आठौं स्थानमा सीमित भएको थियो ।
३१ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा हुने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो ।
नेपाल उक्त प्रतियोगितामा खेल्ने पक्का भएको यस संस्करणको पहिलो टोली हो । अन्य टोली घोषणा हुन बाँकी छ ।
गत संस्करणको प्रतियोगितामा नेपालले लिग चरणका ६ खेलमा २ खेल मात्र जितेर ४ अंकसहित आठौं स्थानमा सीमित रहेको थियो ।
प्रतिक्रिया 4