+

रामोसको ‘पनेन्का’ गोलसँगै स्पेनको जित

२०७५ चैत  १० गते १०:४३ २०७५ चैत १० गते १०:४३
रामोसको ‘पनेन्का’ गोलसँगै स्पेनको जित

काठमाडौं । कप्तान सर्जिओ रामोसले सिजनको १६ औं तथा पाँचौं पेनाल्टीमा गोल गर्दा स्पेनले युरो कप २०१२ को छनोटमा नर्वेलाई हराएको छ ।

रामोसले पनेन्का शैलीमा पेनाल्टी गोल गरेका थिए, जसको मदतमा स्पेनले नर्वेलाई २–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा स्पेनले १६ औं मिनेटमा रोड्रिगोको गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ५६ औं मिनेटमा जोशुआ किङले नर्वेका लागि पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए ।

स्पेनले १९६४, २००८ र २०१२ मा युरोपियन च्याम्पियन जितेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय