सामाजिक सञ्जाल फेशबुकमा आफ्नो तस्विरमा गाली गलौज गरेर कमेन्ट गर्नेहरुले आफ्नो मनलाई रुवाएको भन्दै अभिनेत्री प्रियंका कार्कीले फेशबुक प्रयोगकर्तालाई खुलापत्र लेखेकी छिन् ।
‘जब जब म नयाँ फोटो हाल्छु, नयाँ फिल्मको गीत या म्युजिक भिडियो शेयर किन यति धेरै गाली गर्नुहुन्छ ? उनले फेशबुक प्रयोगकर्तालाई प्रश्न गरेकी छिन् । ‘रन्डी, भालु, बेश्या जस्ता शब्द प्रयोग गरेर आनन्द महशुस गर्नु हुन्छ ?’ उनले अर्को प्रश्न गरेकी छिन् ।
देशको कलाकारको सम्मान देशवाटै सुरु हुनुपर्ने उनको भनाई छ । आफ्नो तस्विरमा भद्दा कमेन्ट गर्नुअघि आफ्नै आमा, दिदी, बहिनी भाउजुलाई सम्झन समेत आग्रह गरेकी छिन् ।
कहिले काँही आफ्नी आमाले कमेन्ट हेरेर फोन गरेरै जानकारी दिने गरेको भन्दै उनले भनेकि छिन् ‘तपाईका छोरी चेलीमाथी कसैले यस्तै कमेन्ट गर्यो भने तपाईको मन कति दुख्छ होला ?
प्रतिक्रिया 4