Comments Add Comment

जितका बाबजुद नेपाली टीममा खोट लगाउने ठाउँहरु

Nepali Cricket (1)

नामिबियाविरुद्धका दुवै खेल नेपाललले जित्यो । क्रिकेटमा जब जित प्राप्त हुन्छ, टीमभित्रका कमी-कमजोरी गौण बन्न पुग्छन् । सबैथोक राम्रै-राम्रो मात्र देखिन्छ । हार्दा मात्र कमजोरी खोज्न गरिन्छ ।

दुवै खेलमा जित हासिल गरेपछि नेपाली टीमका थुपै्र कमजोरीहरु दबिएका छन् । जितमा रमाउने क्रममा कमजोरीहरुलाई नजरअन्दाज आगामी दिनहरुमा नेपालको विजययात्रा छोट्टनि सक्छ । होम ग्राउन्डमा खेल्दा र अन्यत्र खेल्दा यसै पनि चुनौतिहरु थपिन्छन् । के हुन् त नामिबियाविद्ध खेल्दा नेपालले देखाएका कमजोरी ?

पूरै स्पिनमा निर्भर

नामिबियासँगका दुवै खेलहरुमा नेपालको बलिङ अत्यधिक रुपमा स्पिनरमा निर्भर रह्यो । केही समययता नेपाली टीमले भोग्दै आएको स्तरीय फास्ट बलरको संकट यी दुई म्याचमा टड्कारो रुपमा उजागर भएका छन् ।

१४ सदस्यीय नेपाली टोलीमा दुई जना मात्रै विशेषज्ञ फास्ट बलर थिए, सोमपाल कामी र करण केसी । करणमाथि प्रशिक्षकले भरोसा देखाएनन् । सोमपालले पहिलो म्याचमा केही प्रभाव पारे तर, दोस्रो म्याचमा फ्लप भए ।

विगतमा स्पिनर जत्तिकै प्रभावशाली थियो नेपालको फास्ट बलिङ जतिबेला विनोद दास र महबुब आलमको जोडी थियो । अहिले सोमपाल कामी एक मात्र बलर छन्, जसमाथि केही आशा गर्न सकिन्छ । पेस र बाउन्स भएको पीचमा उनको बलिङ असरदार हुन्छ । तर, फ्ल्याट पिचमा उनी खर्चिला बनिदिन्छन् । जुन पिचमा नामिबियाका फास्ट तथा मिडियम पेस बलरले ३७ ओभर बलिङ गरे र ५ विकेट लिए, त्यही पिचमा नेपालले जम्मा ७ ओभर फास्ट बलरको सेवा प्राप्त गर्‍यो, बिना कुनै विकेट । पहिलो म्याचमा पनि स्पिनरमै भर परेको थियो नेपाल । सोमपालले दुई विकेट लिए पनि महंगा सावित भएका थिए ।

फास्ट र स्पिन बलिङको राम्रो सन्तुलन भएका टीमहरु जस्तो विकेटमा पनि सफल हुन्छन् । नेपालले चाँडै यो सन्तुलन बनाउन नसकने भोली फास्ट बलिङलाई हेल्प गर्ने पिचमा खेल्नुपर्दा टीम संकटमा पर्न सक्छ ।

पावरप्लेको सदुपयोग भएन

अहिले आक्रामक क्रिकेटको जमाना छ । २०-२० आएपछि त ब्याटिङ शैली नै बदलिएको छ । वान डेमा धेरै टीमले पहिलो १० ओभर टी-२० शैलीमा ब्याटिङ गर्न रुचाउछन्, किनभने यतिबेला फिल्ड रेस्ट्रिक्सनका कारण सर्कलबाहिर तीन जना मात्र फिल्डर बस्न पाउछन् र ब्याट्म्यानलाई चौका-छक्का हान्न सजिलो हुन्छ ।

नेपालले नामिबियासँगको दुवै म्याचमा पावरप्लेको सदुपयोग गर्न सकेन । हिजोको म्याचको कुरा गर्दा नेपालले १० ओभरको खेल सकिँदा मात्र एउटा चौकासहित ३१ रन बनाएको थियो । जबकि नामिबियाले १० ओभरमा ५२ रन जोडेको थियो, जसमा ९ चौका सामेल थिए ।

पहिलो म्याचमा पनि नेपालको ठ्याक्कै यस्तै अवस्था थियो । १० ओभरको खेल समाप्त हुँदा नेपालले विना विकेट क्षति ३६ रन मात्र जोडेको थियो । जबकि नामिबिया दुई विकेट गुमाएको स्थितिमा पनि ४७ रन बनाउन सफल भएको थियो । सुरुमा विकेट जोगाएर खेल्ने शैलीले दुवै म्याचमा नेपाललाई फाप्यो, तर सँधै यस्तो हुँदैन । पहिलो १० ओभरमा ३ को रनरेटमा ब्याटिङ गर्नु कुनै पनि स्तरको क्रिकेटमा स्वीकार्य मान्न सकिदैन ।

ओपनरको संकट

यस प्रतियोगितामा नेपालले ओपनिङ जोडीमा नयाँ प्रयोग गर्‍यो । कुनै पनि टीमका लागि प्रारम्भिक ब्याटिङ जोडीको भूमिका ठूलो हुन्छ, र यसलाई सजिलै चलाइँदैन । इन्जुरीका कारण ओपनर सुवास खकुरेल अनुपस्थित भएपछि नयाँ ओपनिङ जोडीको वाध्यता परेको थियो । अर्को ओपनर अनिल मण्डल पनि चोटमुक्त छैनन् ।

[sam_list] त्यसो त नेपाललाई ओपनिङ जोडीको समस्या पुरानै हो । विगतमा सुवासको जोडीमा नेपालले नरेश बाहेक कहिले अनिल, कहिले सागर पुन त कहिले प्रदिप ऐरीलाई प्रयोग गर्‍यो । तर, कसैले पनि आफ्नो भूमिकामा पुरा न्याय गर्न सकेनन् । पछिल्लो समय सुवास स्वयं आउट अफ फर्म भएपछि नेपाललाई ओपनिङको चिन्ता गहिरो बनेको छ ।

ओपनिङ ब्याट्सम्यानमा आफ्नै खालको विशेषता आवश्यक हुन्छ । नेपालले यस प्रतियोगितामा नरेश बुढाऐरसँग ज्ञानेन्द्र मल्ललाई ओपनरका रुपमा प्रयोग गर्‍यो । नरेशले आफ्नो भूमिकामा न्याय गर्न सकेनन् । दुवै म्याचमा न उनले आक्रामक ब्याटिङ गरे, न आफ्नो विकेट जोगाए । उनको सुस्त ब्याटिङले अर्को इन्डमा ज्ञानेन्द्रलाई दबाव बढाउने काम मात्र गर्‍यो । विगतमा खेलेका म्याचहरुका आधारमा हेर्दाखेरी पनि नरेशलाई ओपनरको भूमिकामा विश्वास गर्न गाह्रो छ ।

अर्कोतर्फ नियमित ३ नम्बरमा खेल्दै आएका र नेपालको ब्याटिङलाई स्थिरता दिएका ज्ञानेन्द्रलाई ओपनिङमा पठाउने निर्णय दिर्घकालीन हितमा नहुन सक्छ । उनलाई एक स्थान माथि सार्दा नेपालको ब्याटिङ क्रम विथोलिएको छ र ‘लो मिडल अर्डर’ कमजोर देखिएको छ । ज्ञानेन्द्रको आफ्नै ब्याटिङ लय पनि बिगि्रन सक्छ । नेपालले दिर्घकालीन ओपनिङ जोडीको विषयमा चाँडै निर्णय लिनुपर्छ ।

तर, यो सबैका पछाडि अन द फिल्ड मात्र होइन, आउट अफ दि फिल्डका विषयसँग पनि जोडिन्छ । नेपाली ब्याट्सम्यानहरुले खेल्न सकेनन् भन्दै गर्दा उनीहरुले कस्तो एक्सपोजर पाएका छन् भन्ने पनि हेर्नुपर्ने हुन्छ । जुन नेपालमा छँदै छैन भन्दा पनि फरक पर्दैैन । राष्ट्रिय प्रतियोगिता नभएको दुई वर्ष भइसक्यो भने टी-२० स्टाटस गुमाएका कारण अन्तर्राष्टिय प्रतियोगिता पनि घट्दो छ । यस्तो अवस्थामा खेलाडीहरुले हरेक खेलमा जितुन् र एकपछि अर्को सफलता पाउनु भन्ने सोच्नु पनि गलत हुनेछ ।

जुनियर ब्याट्सम्यान चलेनन्

नामिबियासँगका दुई म्याचमा नेपालको ब्याटिङ सिनियर ब्याट्सम्यानहरुमा निर्भर रह्यो । पारस खड्का, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले आफ्नो प्रतिष्ठा कायम राख्दै रन बटुले । तर, जुनियर ब्याट्सम्यानहरु दुवै म्याचमा चम्किन सकेनन् ।

नरेश बुढाऐर, राजेश पुलामी, राजु रिजाल, सागर पुनको ब्याट चल्न नसक्नु नेपालका लागि चिन्ताको विषय बनेको छ । उनीहरु सबैबाट भविष्य ‘म्याचविनर’ का रुपमा हेरिएको छ । तर, यी दुई प्रतियोगितामा उनीहरु जस्तो सट खेलेर आउट भए, त्यसले यो अपेक्षामा आघात गर्छ । जुनियर ब्याट्सम्यानहरु चल्न नसक्दा अहिलेको लाइनअपमा तल्लो मध्यक्रम नाजुक देखिएको छ ।

सोमबारको म्याचमा पारस आउट हुँदा नेपाल जितको संघारमा थियो । ५४ बलमा ३६ रनको लक्ष्य भेट्टाउन अन्तिम ओभरसम्म पुग्नु हुन्थेन । तर, पारसपछि ब्याट्सम्यानहरुले परिपवक्वता देखाउन सकेनन् । अन्ततः खेल कठीन अवस्थामा पुग्यो । समर्थकका लागि सजिलो जितभन्दा कठीन जितको मज्जा बेसी हुन्छ, तर हिजोको खेल अन्तिम ओभरसम्म पुग्नु नेपाली टीमका लागि चिन्ताको विषय हो ।

तर, यो सबैका पछाडि अन द फिल्ड मात्र होइन, आउट अफ दि फिल्डका विषयसँग पनि जोडिन्छ । युवा ब्याट्सम्यानहरुले खेल्न सकेनन् भन्दै गर्दा उनीहरुले कस्तो एक्सपोजर पाएका छन् भन्ने पनि हेर्नुपर्ने हुन्छ । जुन नेपालमा छँदै छैन भन्दा पनि फरक पर्दैैन । राष्ट्रिय प्रतियोगिता नभएको दुई वर्ष भइसक्यो भने टी-२० स्टाटस गुमाएका कारण अन्तर्राष्टिय प्रतियोगिता पनि घट्दो छ । यस्तो अवस्थामा नयाँ खेलाडीहरुबाट एकै चोटी ठूलो आश गर्न पनि मिल्दैन ।

यो पनि पढ्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment