Comments Add Comment

महिला फुटबलमा पुलिसको दोस्रो जित, सुपर लिगमा स्थान पक्का

Police

७ वैशाख, काठमाडौं । साविकको विजेता नेपाल पुलिस क्लब महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा पुगेको छ ।  लगातार दोस्रो जित हात पार्ने क्रममा पुलिसले मंगलबार पूर्वाञ्चललाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको २५ औं मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको पुलिसका लागि ३४ औं मिनेटमा यशोदा लामाले अग्रता दोब्बर पारिन् । खेलको ४४ औं मिनेटमा निशा सुनारले गोल गरेपछि पहिलो हाफमा पुलिसले ३-० को अग्रता लियो ।

५५ औं मिनेटमा मञ्जु राईले पूर्वाञ्चलका लागि गोल गरिन् । तर, ६४ औं मिनेटमा निशाले गोल गर्दै पुलिसलाई ४-१ को जित दिलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment