+
+
Shares

स्थानीय विकास सहायक मन्त्रीमा रेशम लामा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते १२:४२

resham lama८ वैशाख, काठमाडौं । राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्रीमा रेशम लामालाई सिफारिस गरेको छ । लामालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेर सपथ गराउन भने बाँकी छ ।

मन्त्रीमा सिफारिस हुँदा लामा काठमाडौं बाहिर थिए । उनी काठमाडौं फर्किएपछि सपथ हुने बताइएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अमेरिका उड्नुअघि लामालाई सहायक मन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । सहायक प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सिफारिस भएको छ, सपथ हुन बाँकी छ ।’

राप्रपा नेपालले हालैमात्र स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई फिर्ता बोलाएको थियो । विष्टको ठाउँमा लामालाई सहायक मन्त्री बनाइएको हो ।

राप्रपा नेपालका समानपातिक सांसद रहेका लामा पार्टीको केन्द्रीय सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?