+
+
Shares

प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्‌मा आउन रोक लगाइयोस् : सांसद पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले प्रतिनिधिसभा बैठकमा संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न सभामुखसँग रुलिङको माग गरेका छन् ।
  • उनले संसद्को गरिमा कायम राख्न प्रधानमन्त्री र मन्त्रीहरूलाई टि-सर्ट लगाएर बैठकमा सहभागी नहुन र औपचारिक पोशाक अनिवार्य गर्न आग्रह गरेका छन् ।
  • सांसद पोखरेलले न्युजिल्यान्ड र क्यानडाको संसद्मा भएका पोशाक संहितासम्बन्धी घटनाहरूको स्मरण गराउँदै संसद्मा राष्ट्रिय पोशाकको प्रयोगमा जोड दिएका छन् ।

२५ साउन, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत टि–सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन आग्रह गरे ।

उनले सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसद्मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे ।

‘सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसद्मा रबिरि बैद्धिति नामका सांसदले औपनिवेशिक पासो भन्दै टाइ लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो । सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको थियो,’ उनले स्मरण गर्दै भने ।

सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्भित्र टि–सर्ट लगाएर नआउन भनेका हुन् ।

‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस् । संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि–सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस्,’ उनले भने, ‘संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु, धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?