+
+

सासूको हत्याको अभियोगमा बुहारी पक्राउ

रासस रासस
२०७३ वैशाख ८ गते १३:२९

८ वैशाख, रुकुम । पश्चिमी मग्मा–५ की विष्णुकुमारी खत्रीको हत्या अभियोगमा उनकै कान्छी बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१८ वर्षीया सुनिता खत्रीलार्इ प्रहरीले पक्राउ गरेको हो । सुनिता र ७२ वर्षीया विष्णुको माइती जाने विषयमा घरायसी विवाद भएको थियो ।

अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने गरेको थियो ।  उक्त दिन पनि बुहारीले “माइती जान्छु” भनेपछि सासूले फलामको चिम्टीले हिर्काएको र आफूबाट घाँटी थिचेर हत्या भएको स्विकारेको प्रहरी नायब निरीक्षक रुपेश खड्काले जानकारी दिए ।

अभियुक्त सुनितालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद थप गरिएको छ । उनकी नौ महिनाकी छोरी पनि उनकै साथमा प्रहरी हिरासतमा छिन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?