Comments Add Comment

भारतमा नेपाली किशोरीमाथि दुई वर्षदेखि यौनशोषण, ११३ विरुद्ध मुद्दा

Rape-Victim

८ वैशाख, काठमाडौं । एक नेपाली किशोरीमाथि यौन शोषण गरेको आरोपमा भारतीय प्रहरीले ११३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

पीडित किशोरी सोनम (परिवर्तित नाम) १६ वर्षकी हुन् । र, उनलाई नेपालबाट भारतको पुनेमा पुर्‍याइएको थियो ।

आफूमाथि पछिल्ला दुई वर्षदेखि लगातार यौनशोषण भइरहेको उनले बताएकी छिन् । यसमा १०० भन्दा बढि व्यक्तिहरु संलग्न रहेको उनको भनाइ छ ।

पुनेको प्रहरीले यस मामिलामा अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र साही, हरीश साह रोहित भण्डारी रहेका छन् ।

बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार पीडित किशोरीको घर झापाको काँकडभिट्टामा पर्छ । उनका बाबुले चिया पसल चलाउँछन्, जहाँ रोहित भण्डारी नियमित रुपमा आउने गर्थे । विस्तारै उनी किशोरीका बाबुका साथी बने ।

रोहितले एक दिन किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा राम्रो तलब आउने गरी काममा लगाइदिने प्रस्ताव राखे । बुबाले राहितमाथि पूरा विश्वास गरेर छोरीलाई उनको साथ लगाएर पठाइदिए ।

बचन पुरा गर्दै रोहितले किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा काम पनि लगाइदिए । शुरुवातमा केही दिनहरु राम्रैसँग बिते र किशोरी पनि खुशी भइन् ।

तर, रोहितले स्वीकृतिसँग मिलेर किशोरीलाई जबरजस्ती देहव्यापारमा लगाए । किशोरीले नमान्दा उनलाई नशालु औषधि खुवाएर शारीरिक शोषण पनि गरे । यसरी दुई वर्षसम्म किशोरीमाथि लगातार यौनशोषण भयो । यस दौरान सयभन्दा बढिले उनको शरीरमा आफ्नो जवानी पोखेको बताइएको छ ।

प्रहरीबाट बच्न अभियुक्तहरुले किशोरीलाई फरक फरक ठाउँमा राख्ने गर्थे । स्वीकृति र उनका साथीले आफूलाई देहव्यापारका लागि हैदरावाद, भोपाल र अहमदावादमा पनि लैजाने गरेको किशोरीले बताएकी छिन् । पछिल्लो महिना स्वीकृति तथा उनका साथीले किशोरीलाई पुनेको एउटा फ्ल्याटमा ल्याए । उनीमाथि हातपात गर्नुका साथै र गर्भपतन पनि गराए ।

त्यही फ्ल्याटमा दिल्लीमा बस्ने एक मोडललाई पनि राखे । स्वीकृतिको समूहले मोडल बन्न आएकी २६ वषिर्या युवतीलाई पनि जबरजस्ती देहव्यापारमा लगाए ।

अघिल्लो महिना तीनै मोडलसँग मिलेर किशोरी भागिन् र दिल्ली आइन् । उनीहरुले प्रहरीमा उजुरी गरे । र, पुनेको प्रहरी अन्य अभियुक्तहरुको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment