Comments Add Comment

अमेरिका र क्यानाडामा रहेका नेपाली कलाकारको संगठन

काठमाडौं । अमेरिका र क्यानाडामा रहेरका नेपाली कलाकारले ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, जहाँ भए पनि जगेर्ना हाम्रो अभियान’ भन्दै नेपाली कलाकार सम्मिलित नयाँ संगठन स्थापना गरेका छन् ।

गायक एवं संगीतकार कन्हैया सिंहको संयोजनमा अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका नेपाली कलाकारको अनलाइन भेलाबाट, युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका (युनाना) गठन भएको छ ।

nepali-artist-america

कलाकारहरुको भेलाबाट २५ सदस्य केन्द्रीय कार्य समिति गठन गरिएको छ । भेलाले गायक तथा संगीतकार कन्हैया सिंहलाइ सस्थाको अध्यक्ष चयन गरेको छ भने चलचित्र निर्देशक दिनेश कार्कीलाई सस्थाको भर्जिनिया बाट उपाध्यक्ष्यमा चयन गरिएको छ ।

चार उपाध्यक्ष मध्ये टेक्सासवाट नारायाण त्रिपाठी, युहाटवाट उज्वल अर्याल र बाल्टिमोरवाट श्याम गुरुङ रहेका छन् ।

लामो समय नेपालमा रहेर चलचित्र तथा गीत संगीतमा योगदान पुराएका कलाकार सम्मिलित यस सस्थाले नेपाली कला संस्कृतिलाई बिदेशमा चिनाउने उदेश्यले अमेरिका र क्यानाडामा कम गर्ने छ ।

राजु बजाज महासचिब रहेको उक्त संस्थामा लोकगायक भगवान भण्डारी उप-महासचिव रहेका छन् । शंख प्रजापति सचिब रहेका छन् भने सिर्जना बिरही थापा कोषाध्यक्ष रहेकी छिन् । प्रदीप सिंह सहकोषाध्यक्ष छन् भने बसिल अर्याल, रमेश परियार, श्रीराम थापा, सुरेन्द्र बास्तोला, भिम चापागाई सदस्य रहेका छन् ।

त्यस्तै श्याम सुन्दर, खेम संग्रौला, प्रसिद्ध अर्याल, राम सिंह, कला के सी, हेमन्त हमाल, विश्व तेन्जिंग, गायक- न्यूयोर्क (सदस्य) तुलसी पाठक, कलाकाररनिर्माता- क्यानाडा (सदस्य) महेन्द्र शाह, मोडलरकलाकार- न्यु योर्क (सदस्य) अन्जना गुरुङ, गायिका- न्यूयोर्क (सदस्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment