Comments Add Comment

हङकङका क्रिकेटर इर्फानमाथि साढे २ वर्षे प्रतिवन्ध

Irfan-Ahmed

९ वैशाख, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले हङकङका अलराउण्डर इर्फान अहमदलाई साढे २ वर्ष प्रतिवन्ध लगाएको छ ।

भ्रष्टाचारविरोधी आचार संहिता उल्लंघन गरेको भन्दै आईसीसीले उनलाई निलम्बन गरेको हो ।

आईसीसीका अनुसार इर्फानले म्याच फिक्सिङका लागि न्यूजिल्याण्डका ब्याट्सम्यान लो भेन्सेन्टलाई पैसा दिने मानिससँग भेट गरेको पाइएको छ ।

भेन्सेन्टमाथि आईसीसीले प्रतिवन्ध लगाइस्केको छ । अहिलेसम्म इर्फानले पैसा लिए नलिएको खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment