+
+

आचरण विपरीत काम गर्ने ३६ प्रहरीमाथि कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ९ गते १४:३६

९ वैशाख, पर्सा । सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ ।

Nepal-Polceसङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना प्रहरीलाई विभागीय कारबाही गरेको हो ।

आव २०७२÷७३ को साउनदेखि चैतसम्मको नौ महिनामा मर्यादाविपरीत कार्य गरेको पाइएका २५ सिपाही, सात हवल्दार, दुई प्रहरी सहायक निरीक्षक र दुई प्रहरी नायब निरीक्षकलाई कारबाही गरिएको जिप्रका पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । उनले जनताको जीउधनको रक्षाका लागि खटिने सुरक्षाकर्मी चरित्रवान् हुन आवश्यक रहेकाले सङ्गठन सुदृढीकरणको अभियानअन्तर्गत नै पर्सामा ३६ जनालाई कारबाही गरिएको बताए ।

सङ्गठनको मर्यादा विपरीत कार्य गरेको पाइएपछि एकजना प्रहरी नायब निरीक्षकलाई जागिरबाट बर्खास्त गरिएको छ । साथै चारजनाको पदोन्नति रोक्का, २२ जनालाई नसिहत र अन्यको ग्रेड रोक्का गरिएको जिप्रका पर्साले जनाएको छ ।

अत्यन्त गम्भीर प्रकृतिको गल्ती गरेकालाई जागिरबाट हटाइएको जिप्रकाको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?