Comments Add Comment

कोरियन भाषा परीक्षाको फारम भर्नेले जान्नैपर्ने १५ विषय

eps-14
१० वैशाख, काठमाडौं । आगामी असार ४ र ५ गते कोरियन भाषा परीक्षा हुँदैछ । त्यसका लागि वैशाखको १५ देखि १८ गतेसम्म परीक्षाको आवेदन फाराम भरिँदैछ ।

भाषा परीक्षाको आवेदन फारम संकलनका लागि काठमाडौंसहित डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा आवदेन संकलनको तयारी भइरहेको छ ।

श्रम तथा रोजगार मनत्रालय अन्तरगतको इपीएस कोरिया शाखाले फारम भर्दा आवेदकलाई विविभन्न सावधानीहरु अपनाउन आग्रह गरेको छ । फारम भर्नु अगाडि परीक्षार्थीले जान्नै पर्ने विषयलाई शाखाले सार्वजनिक पनि गरेको छ ।

१. फाराम दर्ताको लागि तोकिएका केन्द्रहरुमा उम्मेदवारले यसपाली एमआरपी (राहदानी)को सक्कल प्रमाणपत्र अनिवार्य गरिएको छ । यस्तै आवेदकले एमआरपीको प्रतिलिपी पनि लिएर जानुपर्नेछ । पासर्पोट बाहेकको अन्य कागजात मान्य नहुने शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।

२. आवेदन दर्ता गर्दा तोकिएको बैंकको काउण्टरमा २४ अमेरीकी डलर बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्नेछ । त्यसका लागि फारक भर्नभन्दा अघिल्लो दिनको सटही दरअनुसारको रकमको व्यवस्था गर्न शाखाले अनुरोध गरेको छ ।

३. आवेदन फाराममा हालसालै (तीन महिना यता) खिचेको ३.५*४.५ सेन्टीमिटरको २ प्रति फोटो टाँस्नुपर्नेछ । त्यसैले आवेशकले त्यसैसाइजको सपार र अनुहार चिनिने फोटो लिएर आवेदन केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

४. दरखास्त दर्ता भएपछि भाषा परीक्षाको लागि प्रवेशपत्र दर्तास्थलबाटै उपलब्ध गराइने शाखाले जनाएको छ । प्रवेशपत्र लिएर मात्रै आवेदक घर फर्किनु पर्नेछ ।

५. भाषा परीक्षामा सहभागी हुन १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको हुनपर्नेछ । साताैं भाषा परीक्षाको आवेदन सन् १९७६ अप्रिल २८ देखि सन् १९९८ अप्रिल २७ (२०३३ वैशाख १६ देखि २०५५ वैशाख १४) बीच जन्म भएका व्यक्तीले मात्रै भर्न पाउनेछन् ।

६. एकजना आवेदकले एउटै मात्र फराम पाउनेछन् । सो फाराम च्यात्न नपाइने तर केरमेट भएमा सच्याउन पाइने शाखाले जानकारी दिएको छ ।

७. आवेदकले आवेदन फाराममा आफ्नो जन्म मिति इश्वी सम्वतमा उल्लेख गर्नुपर्नेछ । फाराम भर्न कालो बलपेन प्रयोग अनिवार्य गरिएको छ ।

८. फारामको नाम थर महलमा अंग्रेजी क्यापिटल लेटरमा पहिले थर त्यसपछि नाम लेख्नुपर्ने शाखाले जानकारी दिएको छ ।

९. फाराममा भरिएको विवरण ( नाम, थर, अङ्ग्रेजी जन्म मिति लगायत) राहदानीमा भएको भन्दा फरक परेमा भाषा परीक्षा उर्त्तीण भएपनि रोष्टर (प्रतीक्षासूची)मा नाम समावेश नगरिने निर्देशक बास्तोलाले बताए ।  त्यसैले राहदानीमा भएको विवरण फरक नपर्नेगरी फाराममा भर्नु पर्नेछ ।

१०. म्यानुफ्याक्चरिङतर्फ फाराम भर्नेले महल ५ मा उद्योगका प्रकार र विस्तृत कार्यक्षेत्रअन्तर्गत मापन, जडा र फिटिङमध्ये आफुलाई ईच्छा लागेको कुनै एक स्थानमा मात्र कालो मसिले पोत्न सक्नेछन् ।

११. कृषि र पशुपालनमा भर्नेले कृषि, खेती, वा पशुपालनमध्ये एक रोज्न पाउनेछन् । प्रवेश पत्रमा रहेको महल ५ मा समेत यस्तो उद्योगका प्रकार र बिस्तृत कार्यक्षेत्र उल्लेख गर्न अनिवार्य गरिएको छ । यसरी भाषा परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये उच्चतम अङ्क प्राप्त गर्ने उत्तीर्ण हुनेछन् ।

१२. भाषा परीक्षा उत्तिर्ण हुनु भनेको कोरियामा रोजगारीका लागि आवेदन गर्न योग्य भएको भन्ने बुझ्नुपर्ने शाखाका निर्देशक बास्तोलाले बताए । भाषा परीक्षा पास गर्दैमा कोरियामा रोजगारी पाउने सुनिश्चितता नहुने उनले जानकारी दिए ।

१३. भाषा परीक्षा र छनौट स्वच्छ, निष्पक्ष, पारदर्शी हुने भएकोले कसैको कुनै प्रलोभनमा नपर्न शाखाले आवेदकहरुलाई अनुरोध गरेको छ ।

१४. शाखाले आवेदकहरुलाई फारम भर्न ४ दिनको समय उपलब्ध गराएको छ । त्यसैले पहिलोर दोस्रो दिनमा मात्रै भीड हुने यसअघिको वर्षको जस्तो वातावरण नबनाउन पनि निर्देशक बास्तोलाले आग्रह गरेका छन् ।

१५. शाखाले बिहान ९ बजेदेखि ६ बजेसम्म फारम भर्न भएकाले भीडमा नआत्तिइ, लाइनमार्फत, शान्तिपूर्वक फारम दर्ता गराउन  पनि आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

कोरियन भाषा परीक्षाको आवेदन संकलन धरानदेखि डडेलधुरासम्म

कोरियन भाषा परीक्षा असार ४ र ५ गते, आवेदन बैशाख १५ देखि खुल्ने

कोरिया जान भाषा सिकेर मात्रै नहुने, सीपको पनि परीक्षण हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment