Comments Add Comment

कोरियन भाषा परीक्षाको आवेदन संकलन धरानदेखि डडेलधुरासम्म

फारम संकलन १० ठाउँमा, परीक्षा काठमाडौं र पोखरामा

eps-14

३ वैशाख, काठमाडौं । आगामी असार सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन सकंलन केन्द्रहरुको निर्धारण गरिएको छ ।

भाषा परीक्षाको आवेदन फारम संकलनका लागि काठमाडौंसहित डडेलधुरा, बुटवल, पोखरा, धरान र जनकपुरमा आवदेन संकलनको तयारी भइरहेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।

फारम आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म भर्नुपर्ने इपीएस शाखाले जनाएको छ । फारम भर्नका लागि चार दिनको समय छुट्याइएको छ । ती दिनहरुमा प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फारम भरिनेछ ।

कहाँ बुझिन्छ आवेदन ?

उपत्यकामा वनकालीस्थित नेपाल वेद विद्याश्रम संस्कृत मावि, महाराजगञ्जको काठमाडौं भ्याली उच्च मावि र कीर्तिपुरको ल्याबरोटरी उच्च माविमा फारम वितरण र दर्ता केन्द्र तोकिएको छ ।

त्यसैगरी सातदोबाटोको महेन्ऽ आदर्श विद्याश्रम र बालकुमारीको च्यासल फुटबल खेल मैदानबाट पनि फारम संकलन हुनेछ ।

उपत्यकाबाहिर धरानमा धरान-८ स्थित सभागृह, जनकपुरको श्रम कार्यालय, बुटवलको प्रदर्शनी मण्डप, पोखराको वडा नम्बर १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च मावि तथा डडेल्धुराको अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्ऽमा पनि फारम वितरण तथा दर्ता गरिने छ ।

यसअघि पहिलो र दोस्रो दिनमा अत्यधीक भीड लाग्ने गरेको भन्दै बास्तोलाले आवेदकलाई तेस्रो र चौथो दिनका लागि पनि प्रतिक्षा गर्न आग्रह गरे ।

भाषा परीक्षा भने काठमाडौं र पोखरा गरी दुई ठाउँमा मात्रै सञ्चालन हुनेछ । पोखरामा आवेदन भरेकाहरुले त्यहीँबाटै परीक्षा दिन पाउनेछन् भने त्यसबाहेकाका ठाउँबाट आवदेन भर्नेहरु काठमाडौंमै आउनुपर्नेछ ।

आवेदकको योग्यता

कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । कुनै फौजदारी अभियोगमा अदालतबाट जेल सजायँ नपाएको, कोरियामा गएर गैरकानुनी रुपमा बसोबास गरी कोरियन सरकारले समातेर फिर्ता नपठाएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको व्यक्तिले आवदेन फारम भर्न सक्नेछन् । परीक्षा आवेदन फारम व्यक्ति स्वयम् उपस्थित भएर लिनुपर्नेछ ।

उपक्षेत्र रोज्नुपर्ने

आवेदन भर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ । यसवर्ष फारम भर्दा आवेदकले उत्पादनमूलक समूहभित्रका एसेम्बल, मेजर्स, ज्वाइनमध्ये एक समूह रोज्नुपर्ने छ । यस्तै कृषिमा पनि कृषि र पशुपालनमध्ये एक रोज्नुपर्नेछ ।

कोरियाली भाषा परीक्षामा सहभागी बन्ने २४ अमेरिकी डलर लाग्ने छ । उक्त रकम आवेदकले फारम बुझाउने अघिल्लो दिन केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसावबाट नेपाली रुपैयाँको हिसाव गरी बुझाउनुपर्ने छ । फारम रद्द भएमा रकम फिर्ता हुनेछ ।

परीक्षा आगामी असारमा

कोरियन भाषा परीक्षा आगामी असार ४ र ५ आइतबार गते सञ्चालन हुनेछ । एक दिनमा दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।

भाषा परीक्षाको नतिजा भने आगामी साउन ११ गते प्रकाशन गरिनेछ । यस वर्ष कोरियाले ३ हजार १ सय नेपाली कामदारलाई भाषा परीक्षा उत्तीर्ण गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment