Comments Add Comment

८० हजार मूल्यको स्कुटर नेपाली बजारमा

terra-a2000
१० वैशाख, काठमाडौं । टेर्रा मोटर्सले ८० हजार रुपैयाँ मूल्यको नयाँ स्कुटर बजारमा ल्याएको छ । टेर्राको नेपालका लागि आधिकारिक विक्रेता फेयर अटो प्रालिले आफनो नयाँ विद्युतीय स्कुटर ‘ए-२०००’ बजारमा ल्याएको हो ।

आकर्षक डिजाईन र स्टाईलमा निर्मित यो स्कुटर, ग्राहकहरुका लागि रातो, नीलो, सेतो रंगहरुमा उपलब्ध छन् ।

सिटी राईडिंगको लागी उपयुक्त यो स्कुटरको उपभोक्ताको लागि बजार मूल्य ८० हजार रुपैयाँ तय गरिएको छ ।

नेपालभरि रहेका अफ्ना डिलर सञ्जालबाट उपभोक्ताले नयाँ ई-स्कुटर सहजै पाउने कम्पनीले जनाएको छ । टेर्रा जापनको प्रतिष्ठित इलेक्टि्रक मोटर निर्माता कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment