Comments Add Comment

कांग्रेस महामन्त्री कोइराला अमेरिकामा

shasank koirala

क्यालिफोर्निया । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला झन्डै दुई साता लामो पारिवारिक भ्रमणका लागि अमेरिकाको न्यूयोर्क आइपुगेका छन् ।

उनलार्इ न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलगायतले स्वागत गरेका छन् ।

महामन्त्री कोइरालाले कांग्रेस तत्काल सरकार परिवर्तन भन्दापनि कसरी देशमा रहेका समस्या समाधान गर्न सकिन्छ भनेर ठोस रूपमा प्रस्तुत हुन लागेको बताए ।

देशको सबैभन्दा ठूलो पार्टी भएको नाताले देश चलाउन खोज्नु जायज भएको भन्दै महामन्त्री कोइरालाले भूकम्पबाट भएको क्षतिको पुनः निर्माण र मधेस आन्दोलनको समाधानका लागि स्पष्ट योजनासहित अगाडि बढने उल्लेख गरे ।

महामन्त्री कोइराला अमेरिकामा रहँदा नेपाली जनसम्पर्क समिति अमेरिकाभित्र केही समयदेखि जारी विवाद समाधान हुने विश्वास गरिएको छ । उनले अमेरिकामा रहँदा न्यूयोर्क, भर्जिनिया, टेक्सस र क्यालिफोर्नियामा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment