चलचित्र ‘बाटो मुनिका फूल २’ले शुक्रबार र शनिबार देशभर राम्रै व्यापार गर्यो । चलचित्रको कथावस्तुलाई दर्शकले मन पराए । विशेषगरि, चलचित्रको पहिलो भागका कारण पनि यसको सिक्वेल चल्नमा मद्दत पुग्यो ।
तर, चलचित्रका निर्माता यश कुमार र निर्देशक सुवर्ण थापाको सम्बन्धमा भने सुधार आएन । चलचित्र छायांकनदेखि नै सुरु भएको खटपट सम्पादनसम्म आइपुग्दा छताछुल्ल भैसकेको थियो । चलचित्रको विशेष शो शनिबार आयोजना गरियो ।
चलचित्रलाई साथ दिन बरु ‘बाटो मुनिको फूल’की नायिका रेखा थापा उपस्थित भइन् । तर, नेपालमै रहेका निर्देशक सुवर्ण थापा विशेष शोमा देखिएनन् । कुनै समय रेखा । यश कुमारको सम्बन्ध पनि राम्रो थिएन । न त, निर्देशकको बारेमा निर्माणपक्षले कुनै चासो देखायो न त उनको खोजी नै भयो । निर्माता तथा नायक यश कुमारले पनि सुवर्णको बारेमा खासै बोल्न रुची देखाएनन् ।
नेपाल आएर आफ्नो व्यक्तिगत तरिकाले नै चलचित्रको बारेमा बोलिरहेका सुवर्ण पूर्ण रुपमा छायाँमा देखिए । चलचित्रको सम्पादन र पहिलो ट्रेलर रिलिजको समयमा पनि सुवर्ण र यशविच फेसबुकमा छताछुल्ल रुपमा आक्रोश पोखिएको थियो । सुवर्णको सम्बन्ध चलचित्र ‘फन्को’का निर्माणपक्षसँग पनि गतिलो देखिएको थिएन ।
प्रतिक्रिया 4