Comments Add Comment

‘सलमानलाई एम्बेसडर बनाएर जनतालाई पागल बनायो’

ss

मुम्बई । भारतका पहलमान योगेश्वर दत्तले अभिनेता सलमान खानको रियो ओलम्पिकका लागि भारतीय ‘गुडविल एम्बेसडर’ बनाएकोमा विरोध गरेका छन् ।

लण्डन ओलम्पिकमा कास्य पदक जितेका योगेश्वरले शनिवार ट्वीट गर्दै भनेका छन् ‘एम्बेसडरको काम के हो ? कसैले मलाई भन्न सक्छ ? किन देशका जनतालाई पालग बनाउछौ ?’

उनले सलमान खानको नाम घोषणाको १४ घण्टापछि विरोध गरेका हुन् । उनले फेरि ट्वीट गर्दै भनेका छन् ‘भारतमा पीटि उषा, मिल्खा सिंह जस्ता स्पोर्टस्टारले कठिन समयमा देशका लागि मेहनत गरिरहेका छन् । यीनलाई किन खेल क्षेत्रमा कहिल्यै एम्बेसडर बनाईदैन ।’

उनले सलमानलकै सन्दर्भमा अर्को ट्वीट गरेका छन् ‘जहाँ सुकै गएर आफ्नो फिल्मको प्रमोशन गर्न पाईन्छ । यो उनको अधिकार हो । तर, ओलम्पिक फिल्म प्रमोशनका ठाउँ हैन ।’

शनिवार दिल्लीको ओलम्पिक भवनमा सलनामलाई गुडवील एम्बेसडर घोषणा गरिएको थियो ।

भारतीय पुरुष हकी टिमका कप्तान सरदार सिंह, महिला हक्की टिमका कप्तान, रितु रानी, महिना निशानेबाज अपुर्वी चँदेला, महिला टेबल टेनिस् खेलाडी मोनिका बत्रा र लण्डन ओलम्पिककी कास्य पदक विजेता एम सी मेरीकोमको नाम पनि थियो ।

सलमान आफैंले गुडवील एम्बेसडर बनेपछि भनेका छन् ‘म त पछाडीवाट धक्का मात्रै दिन सक्छु । पदक पाउने त खेलाडीहरु नै हुन् ।’ रियो-ओलम्पिकको तयारी गरिरहेका योगेश्वर अहिले जर्जियामा प्रशिक्षण लिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment