Comments Add Comment

माइला लामालाई छुटाउन माओवादीद्वारा आन्दोलन घोषणा

१२ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पार्टी केन्द्रीय सदस्य माइला लामा र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकालको रिहाइका लागि दवाव दिन संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

Maila-lama
माइला लामा

नेकपा माओवादी उपत्यका व्यूरो इन्चार्ज सन्तोष बुढामगर ‘विषम’ले विज्ञप्ति जारी गरी आइतबार साँझ ६ बजे मशाल जुलुस गर्ने र बैशाख १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।

त्यसपछि पनि रिहा नगरे वैशाख १४ गतेदेखि कडा संघर्षका थप कार्यक्रम घोषणा गरिने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

बैशाख ११ गते साँझ कपनबाट लामा र ढकाललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई तिनकुनेस्थित नयाँ बानेश्वर प्रहरी बृत्तमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment