+
+
Shares

पुनर्निर्माणका लागि इयुले दियो एघार अर्ब बढी सहयोग

रासस रासस
२०७३ वैशाख १२ गते १३:११

१२ वैशाख, काठमाडौं। युरोपेली सङ्घ (इयु)ले भूकम्पपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई ११ अर्ब ६८ करोड ५० लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

eu-and-nepalइयुले सरकारलाई ११ अर्ब नौ करोड ५० लाख रूपैयाँ  ‘बजेटरी’ सहयोग तथा ५९ करोड रूपैयाँ प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा  हस्ताक्षर भयो ।

अर्थ मन्त्रालयमा अाइतबार भएको कार्यक्रममा नेपालका लागि इयुको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ र मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गत वर्ष भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इयुले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्राविधिक सहायता अन्तर्गत उपलब्ध हुने रकम सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न उपयोग गरिनेछ । सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी काम आगामी सात वर्षसम्म सञ्चालन हुनेछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?